१७ बैशाख २०८१, सोमबार

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या १२ सय नाघ्यो

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना सङ्क्रमितको संख्या १२ सय नाघ्यो
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार २ सय नाघेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बिहीवार थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय २४ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ७२२ जना रहेका छन्भने सुर्खेतमा २७१ जना रहेका छन् । त्यस्तै सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक-एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यसैगरी  बिहीवार नै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट ३ जना जना गरी कुल ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ५ पुगेको छ । यद्यपी कर्णालीमा ४ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन् । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र गत जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap