१६ बैशाख २०८१, आईतवार

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य
कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
0 Shares

सुर्खेत । कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बुधवार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २ जना, कालिकोटका १४ सुर्खेतका २ जनालाई कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ६३६ पुगेको छभने सुर्खेतमा २३७ पुगेको छ । सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् ।

त्यसैगरी बुधवार नै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ सय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ जना गरी कुल १ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ । यद्यपी कर्णालीमा ३ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap