१६ बैशाख २०८१, आईतवार

कोरोना रोक्न नसकेको भन्दै कांग्रेसको १२ बुँदे ध्यानाकर्षण

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कोरोना रोक्न नसकेको भन्दै कांग्रेसको १२ बुँदे ध्यानाकर्षण
0 Shares

सुर्खेत
नेपाली कांग्रेसले सुर्खेतले कोरोना भाइरस माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै १२ बुँदे ध्यानाकर्षण पत्र जिल्ला प्रशासनमा बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेसले मंगलवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ । जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा गएको टोलीले कर्णाली सरकारले कोरोना भाइरस नियन्त्रणमा पूर्णरुपमा असफल भएको जनाएको छ ।
कांग्रेसले कर्णाली सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको खर्च पारदर्शी गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेको जनाएको छ । कांग्रेसले भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गर्दै उनीहरुलाई पिसिआर चेक गरेरमात्र घर पठाउन आग्रह गरेको छ । कोरोना पोजेटिभ केसहरुलाई सिमटन फ्री भएको तीन दिन र १४ दिन आइसोलेशनपछि टेस्ट नै नगरी डिस्चार्ज गर्ने कार्य गरैजिम्मेवार निर्णय भएको ठहर गरेको छ ।
कोरोनाकै कारण साना ठूला उद्योग व्यवसायी बन्द भएको र हजारौ नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान गर्न र आर्थिक संकटलाई कम गर्न गम्भीर नभएको कांग्रेसको भनाइ छ । सरकारले लकडाउनलाई ठिक ढगंले उपयोग गर्न नसकेको, अस्पतालको क्षमता वृद्धिमा ध्यान नपुगेको, कोरोना बाहेक अन्य रोगका विरामीले उपचार नभएको जनाएको छ ।
ध्यानाकर्षण पत्रमा कर्णालीमा संक्रमणको संख्या दिनप्रदिन बढ्दै जादाँ कीट नहुनु, कतिपय स्थानमा स्वाव परीक्षण बन्द हुनु, परीक्षण रिपोर्ट ढिला आउनु दुःखद भएको कांग्रेसको भनाइ छ । सभापति रेग्मीले सरकार कमिसनको खेलमा लागेकाले आवश्यक मात्रमा स्वास्थ्य सामग्री आपूर्ति हुन नसकेको बताउनुभयो ।
उहाँले कोरोना विरुद्धको लडाईंमा कांग्रेसले साथ दिँदा दिदैँपनि सरकार राजनीतिक पूर्वाग्रह राखेर चलेको आरोप लगाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap