१७ बैशाख २०८१, सोमबार

कोरोनालाई जित्नेहरु बढ्दै, मंगलवारसम्म ३४२ जना कोरोनाबाट निको

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य
कोरोनालाई जित्नेहरु बढ्दै, मंगलवारसम्म ३४२ जना कोरोनाबाट निको
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भइ घर फर्कनेको संख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना सङ्क्रमितहरु निको भइ घर फर्किएका हुन् ।

मंगलवारमात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कूल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी १५१ जना डिस्चार्ज भइ घर गइसकेको बताउनुभयो ।

मंगलवारसम्म कोरोना जितेर घर फर्कनेहरुको कूल संख्या ३४२ पुगेको र यो क्रम अझै बढ्ने महाशाखाले जनाएको छ । कोरोना जितेर घर फर्कनेहरुले आत्मबल बलियो बनाउन सके केही नहुने बताएका छन् ।

यसैगरी मंगलवार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या एक हजार ८६ पुगेको छ । मंगलवार थप भएका नौ जनामा दैलेखका पाँच र सुर्खेतका चार रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा सङ्क्रमितको संख्या ६३४ पुगेको छभने सुर्खेतमा २३५ पुगेको छ । यस्तै सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक-एक जना सङ्क्रमित फेला परेका छन् । रुकुमपश्चिममा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap