२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा कोरोना संक्रमित एक हजार नाघेः दैलेखमा ६२९ र सुर्खेतमा २३१ पुगे

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना संक्रमित एक हजार नाघेः दैलेखमा ६२९ र सुर्खेतमा २३१ पुगे
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमवार मात्रै नयाँ ११० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार ७७ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जना थप भएपछि कूल संक्रमितको संख्या एक हजार ७७ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयले सोमवार जारी गरेको सूचना अनुसार दैलेखमा ९१ जना र सुर्खेतमा १९ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ६२९ पुगेको छभने सुर्खेतमा २३१ पुगेको छ । त्यसपछि सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् ।

रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परेको छैन । १६ जना अन्य प्रदेशका रहेका छन् । कूल संक्रमितमध्ये पुरुषको संख्या ९९८ र महिलाको संख्या ७९ जना रहेका छन् ।

१५१ जना निको भएर फर्किए

सोमवारसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १५१ पुगेको छ । कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना, लेकबेसी आइसोलेशन सेन्टर सुर्खेतबाट नौ जना गरी कूल ५७ जना नयाँ संक्रमित निको भएर घर फर्किका छन् ।

यो सहित अहिलेसम्म कूल १५१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap