१७ बैशाख २०८१, सोमबार

कर्णालीमा कोरोना संक्रमित ९ सय बढी

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा कोरोना संक्रमित ९ सय बढी
4 Shares

सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी कूल ७० जना नयाँ संक्रमित फेला परेपछि कूल संक्रमितको संख्या ९१६ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी प्रयोगशालामा गरिएको परीक्षणमा शनिवार फेला परेका नयाँ संक्रमितमा सुर्खेतका ४० जना मध्ये गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपािलकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका आठ जना र वीरेन्द्रनगर नगरपािलकाका एक जना छन् । यस्तै दैलेखका ३० जना मध्ये आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका नौ जना र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयका नवराज कँडेलले जनाउनुभयो ।
कर्णालीका कूल संक्रमितमा सवैभन्दा धेरै दैलेखमा ५०२ जना पुगेका छन् । सुर्खेतमा १९७ जना, सल्यानमा १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा आठ जना, मुगुमा २ जना, हुम्लामा एक जना, डोल्पामा एक जना र अन्य प्रदेशका १६ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी शनिवार नै दैलेख अस्पतालमा पाँच जना र दुल्लु अस्पतालमा चार जना गरी कूल ९ जना निको भई घर फर्किएका छन् । उपचारपछि घर फर्कनहैको कूल संख्या ९१ पुगेको छभने कोरोना संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap