१७ बैशाख २०८१, सोमबार

युनियनसम्वद्ध पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

कर्णाली प्रदेश मुख्य समाचार समाचार
युनियनसम्वद्ध पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
127 Shares

सुर्खेत ।
नेपाल प्रेस युनियनले रिपोटिङ्गका लागि फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । युनियनले शनिवार सुर्खेत शाखालाई ती स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
प्रेस युनियनका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार शिब लम्सालको अगुवाईमा देशभर युनियनमा आबद्ध भएका पत्रकारहरुलाई सामग्री उपलब्ध गराइएको छ । लम्सालले सुर्खेत शाखाका अध्यक्ष नरेशसिँह थापालाई मास्क, सेनिटाइजर र प्रेस ज्याकेट उपलब्ध गराउनु भएको हो ।
उहाँले कोरोना महामारीका बेलामा फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुका लागि काममा सहज होस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनुभयो । लम्सालले संकटको समयमा अग्रपंक्तिमा रहने पत्रकारहरु पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि थप जोखिममा रहेको अवस्थामा उनीहरुको स्वास्थ्य तथा पेशागत सुरक्षालाई समेत ध्यानमा राखेर ज्याकेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।
युनियन सुर्खेत शाखाका अध्यक्ष नरेशसिँह थापाले महामारीका बेलामा अत्यावश्यक बस्तु उपलब्ध गराइदिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा युनियनका सचिव खिला कार्की, नेपाल पत्रकार महासंघ कर्णालीका उपाध्यक्ष कमल पन्त, पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष मोतिलाल पौडेले, युनियनका केन्द्रीय सदस्य खगेन्द्र भटराई, महिला विभाग सदस्य रोजी पराजुली, पूर्व सभापति नहकुल अर्याललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap