१७ बैशाख २०८१, सोमबार

कर्णालीमा थपिए ८३ जना कोरोना सङ्क्रमित

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य
कर्णालीमा थपिए ८३ जना कोरोना सङ्क्रमित
26 Shares

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रवार ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ८३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कूल सङ्क्रमितको संख्या ८४६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले शुक्रवार दिउँसो २ः३० मा प्रकाशित गरेको सूचना अनुसार थपिएकामा दैलेखका ३८ जना छन्भने सुर्खेतमा ४५ जना थपिएका छन् । थपिएका सँगै दैलेखमा कूल ४७२ जना पुगेको छ्भने सुर्खेतमा १५७ जना पुगेका छन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।

मन्त्रालयका अनुसार कालीकोटमा २८, जाजरकोट ८, जुम्ला २४, सल्यान् १३७, मुगुमा दुई, हुम्ला र डोल्पामा एक-एक सङ्क्रमित देखिएका छन् । अहिलेसम्म रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन । कोरोनाबाट कर्णालीमा अहिलेसम्म तीन जनाको मृत्यु भईसकेको छ्भने ८२ जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap