२० बैशाख २०८१, बिहीबार

कर्णालीमा ५५ सङ्क्रमित थपिए, ३१ जना घर फर्किए

कर्णाली शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा ५५ सङ्क्रमित थपिए, ३१ जना घर फर्किए
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा बिहीवार ५५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ५५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कूल सङ्क्रमितको संख्या ७६३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले बिहीवार दिउँसो २ः३४ मा प्रकाशित गरेको सूचना अनुसार बिहीवार थपिएकामा ५५ जना नयाँ संक्रमित मध्ये दैलेखका मात्रै ४८ जना छन् । यस्तै सुर्खेतका ६ जना थपिएका छन्भने एक जना काठमाडौंका छन् । थपिएकासँगै दैलेखमा कूल संक्रमितको संख्या ४३४ जना पुगेको छ । यस्तै सुर्खेतमा ११२ जना पुगेको छ । सल्यानमा १३७, जाजरकोटका ८ जना संक्रमित रहेका छन् ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् । मन्त्रालयका अनुसार कालीकोटमा २८, जुम्ला २४, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक सङ्क्रमित देखिएका छन् । अहिलेसम्म रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन ।

यस्तै बिहीवार नै कर्णालीमा उपचाररतमध्ये ३१ जनाले कोरोनाको उपचारपछि घर फर्किएका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कूल संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट अहिलेसम्म कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap