२१ बैशाख २०८१, शुक्रबार

ब्याज र भाडा छुट माग्दै संघले माैनजुलुस प्रदशर्न गर्ने

अर्थ कर्णाली समाचार
ब्याज र भाडा छुट माग्दै संघले माैनजुलुस प्रदशर्न गर्ने
0 Shares

सुर्खेत । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले भोलि बुधबार विहान मौनजुलुस प्रदर्शन गर्ने भएको छ । विहान ७ बजे मंगलगढी चाेकबाट आवश्यक कोरोनाबाट बच्ने सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भौतिक दुरी कायम गरी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न लागेको हो ।

मंगलगढीबाट मौन जुलुशसहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । र्याली   सहभागी हुन नसक्ने बजारभन्दा टाढाका उद्योगी व्यापारीलाई आ आफ्नो उद्योग र पसल अगाडि ब्याज मिनाहा, घर भाडा छुट दिनुपर्ने नारा लेखेका प्लेकार्डसहित उभिएर विरोध जनाउनपनि संघले आह्वान गरेको छ। अढाई महिनाभन्दा लामो बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प भएको अवस्थामा निजी क्षेत्रलाई राहत दिनुको साटो झन आहत गर्न लागिएको भन्दै संघले चरणवद्ध आन्दोलन गर्ने जनाएको छ।

आर्थिक क्षेत्र नै अस्तव्यस्त हुने गरी महिनौंसम्म बन्दाबन्दी गरेर उद्योग व्यवसाय ठप्प हुँदापनि निजी क्षेत्रले प्रत्यक्ष महशुस गर्ने गरी राहत प्याकेज घोषणा नगर्नु सरकारको उदासिनता भएको अध्यक्ष रावतको आरोप छ । निजी क्षेत्रको जर्जर अवस्थालाई मध्यनजर गरी सरकारले तत्काल राहत प्याकेज घोषणा नगरे आप्mना उद्योग व्यवसायका चाबी राज्यलाई बुझाउने अडानपनि उहाँले राख्नुभयो । संघका महासचिव लक्ष्मण कंडेलले पनि निजी क्षेत्रको धैर्यताको बाँध फुटिसकेको टिप्पणी गर्दै निजी क्षेत्रको संयमतालाई कमजोरी नठान्न सरकारलाई सुझाव दिनुभएको छ । बन्दाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई राहत दिनुको साटो एकतर्फी रुपमा बलजफ्ती    कर तिर्ने दबाव मात्रै दिनुले पनि निजीक्षेत्र झनै हतोत्साही र निराश भएको उहाँको टिप्पणी छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap