२२ बैशाख २०८१, शनिबार

कर्णालीमा २० कोरोना सङ्क्रमित थपिए, कूल ६७१ पुग्यो

कर्णाली शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा २० कोरोना सङ्क्रमित थपिए, कूल ६७१ पुग्यो
0 Shares

सुर्खेत । कर्णालीमा मंगलवार २० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई गरी कूल २० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थप भएपछि कर्णालीमा कोरोना सङ्क्रमितको कूल संख्या ६७१ पुगेको छ ।

थपिएका मध्ये सल्यानका १३ जना, सुर्खेतका पाँच र जुम्लामा दुई जना छन् । सल्यानको बनगाड कुभिण्डे नगरपालिकाका विभिन्न वडाका १२ जना र कपुरकोट गाउँपालिकाका एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ का तीन जना, गुर्भाकोट नगरपालिका १४ का एक जना र सिम्ता गाउँपालिका ६ का एक जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै जुम्लाको हिमा गाउँपालिका ४ का एक जना तिला गाउँपालिका २ का एक जना रहेका छन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सवै सङ्क्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो । कर्णालीमा कोरोनाबाट सुर्खेत, दैलेख र डोल्पाका गरी तीन जनाको मृत्यु भएको छभने अहिलेसम्म सुर्खेत, दैलेखका गरी ११ जना कोरोनाको उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap