२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा १६ सङ्क्रमित थपिए, कूल ६५७ पुगे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा १६ सङ्क्रमित थपिए, कूल ६५७ पुगे
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा सोमवार १६ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा १६ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कूल सङ्क्रमितको संख्या ६५७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले सोमवार दिउँसो १२ः४५ मा प्रकाशित गरेको सूचना अनुसार थपिएकामा दैलेखका १० जना छन् । यस्तै सल्यानमा पाँच र सुर्खेतमा एक जना थपिएका छन् । थपिएका सँगै दैलेखमा कूल ३६७ जना पुगेको छ । यस्तै सल्यानमा १२४ र सुर्खेतमा ९२ जना पुगेको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।
मन्त्रालयका अनुसार कालीकोटमा २८, जुम्ला २२, जाजरकोट पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक सङ्क्रमित देखिएका छन् । अहिलेसम्म रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छभने सात जनाले उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap