२० बैशाख २०८१, बिहीबार

कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे
0 Shares

सुर्खेत ।

डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न। ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाइनमै मृत्यु भएको र उहाँको स्वाब परीक्षण गर्दा पोजिटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएकाे छ । योसहसत कर्णालीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको छ ।
मन्त्रालयले शनिवार दिउँसाे १ः५३ बजे प्रकाशन गरेको विज्ञप्तिमा उहाँको अस्थायी बसोबास सुर्खेतमा रहेको बताएको छ । गएको जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाइनमा बस्नुभएको थियो । उहाँको जेठ २१ गते होम क्वारेन्टाइनमै मृत्यु भएको बिज्ञप्तिमा जानकारी गराइएको छ । उहाँको जेठ २२ गते स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएकाे थियाे । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पिसिअार विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap