२० बैशाख २०८१, बिहीबार

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, जुम्लामा बृद्धको मृत्यु

कर्णाली मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, जुम्लामा बृद्धको मृत्यु
0 Shares

सुर्खेत

विहीवार राती मृत्यु भएका पश्चिम सुर्खेतको पञ्चपुरी नगरपािलका वडा नं. १ हाँसेगाउँका युवकमा कोरोना पुष्टि भएको छ । विद्यापुर क्वारेन्टाइनमा बसेर घर फर्किएका २० बर्षीय युवकको विहीवार राती करिव २ बजे मृत्यु भएको थियो । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ आएपछि उउहाँ घर फर्कनुभएको थियो । तर बिहीबार बिहान २ बजेतिर एक्कासी मृत्यु भएको थियो ।
उहाँ जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बस्नुभएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घरमा छुट्टै बस्न सुझाव दिइएको पञ्चपुर नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताउनुभयो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक युवकको पिसिआर परीक्षण गर्दा पोजिटिभ भएको पुष्टि गर्नुभयो । मृतक युवकको स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शब व्यवस्थापन गर्न परिचालन भइसकेको बताइन्छ । सुर्खेतमा एक जनाको मृत्यु भएसँगै कर्णालीमा २ जनाको मृत्यु भएको छभने नेपालका कोरोना संक्रमणबाट मृत्यु हुुनेको संख्या ११ पुगेको छ । कर्णालीमा यसअघि दैलेख दुल्लुका एक युवाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
यसैगरी जुम्लामा पनि क्वारेन्टाइनमा बस्नुभएका एक बृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ जुम्ला धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्युको खबर लगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक टोली त्यहाँ पुगी स्वाब संकलन गरेर फर्केको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले मृतकसँगै अन्य चार जनाको स्वाब लिएर टोली फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार ६५ वर्षीय पुरुषको विहीवार राती मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले ती पुरुष बर्दियाबाट जुम्ला आएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पुरुष जेठ २१ गते सदरमुकामको बालमन्दिरमा बसेको समयमासमेत बेहोस भएको र दमको बिरामी हुन सक्ने स्थानीयबाट जानकारी प्राप्त भएको छ । स्वाबको नतिजा अनुसार उहाँको दाहसंस्कारको काम गरिने बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap