२३ बैशाख २०८१, आईतवार

कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पुष्टि, कूल ३८९ पुग्यो

प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पुष्टि, कूल ३८९ पुग्यो
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा विहीवार एकैदिन ११४ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०६ जना र सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा आठ गरी कूल ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना सङ्क्रमितको कूल संख्या ३८९ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले विहीवार दिउँसो २ः५० मा प्रकाशित गरेको सूचना अनुसार दैलेखका मात्रै ११३ जनामा कोरोना पुष्टि भएको छभने मुगु खत्याडका एक जनामा कोरोना देखिएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेखको नारायण नगरपालिकामा सवैभन्दा धेरै कोरोना पुष्टि भएको बताउनुभयो । नारायण नगरपालिकाका विभिन्न वडाका साथै नौमुले गाउँपालिकाका पनि कोरोना सङ्क्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिनुभयो ।
यो सँगै कर्णालीमा सवैभन्दा धेरै दैलेखमा कोरोना पुष्टि भएको छ । दैलेखमा कूल २१७ जना, सुर्खेतमा ६१ जना, सल्यानमा ५३ जना, कालीकोटमा २५ जना, जुम्लामा १९ र मुगुमा दुई पुगेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका तर कर्णालीमा परीक्षण भएकामा अछामका १०, बाजुरा र बझाङका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा कोरोनाबाट एक जना दैलेख दुल्लुका एक युवकको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीको संख्यामा छन् । मन्त्रालयले जेठ १९ गतेको तथ्यांकमा सल्यान बनगाड कुभिण्डे नगरपालिकाका दुई र दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिकाका एक गरी ३ जनाको भुलबस रिपोर्टिङ् भएको भन्दै सच्याएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap