२१ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शाहीकाे आग्रह – संकट बढ्याे, सहयाेग गर्नुहाेस्

कर्णाली मुख्य समाचार समाचार
मुख्यमन्त्री शाहीकाे आग्रह – संकट बढ्याे, सहयाेग गर्नुहाेस्
3 Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वुधवार भएको छलफलमा उहाँले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेकोले सहयोगको लागि दाताहरुलाई आग्रह गर्नुभएकाे हाे ।

भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाइन व्यवस्थापन, व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताउनुभयो । कर्णाली प्रदेशवाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएकाेले अझै पनि १ लाख भन्दा बढी नागरिक कर्णाली फर्कने अनुमान उहाँकाे छ । ठूलाे संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेकोले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५०० नमूना मात्र परीक्षण गर्न सकिने बताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको उल्लेख गनुर्भयाे । मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन र आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक कीट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको उहाँको भनाई छ ।

प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरिबी रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टाइनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap