२० बैशाख २०८१, बिहीबार

भाेलिदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने संघको निर्णय

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
भाेलिदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने संघको निर्णय
96 Shares

सुर्खेत, २० जेठ ।
सुर्खेत उद्योग बाणिज्य संघले जेठ २१ गते बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट भएको भन्दै बाध्य भएर जेठ २१ गतेदेखि सवै पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय गरेको हो । यस्तै तरकारी, फलफूल, डेरी, ग्याँस पसलहरु दैनिक विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म खोल्ने जनाएको छ ।
संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा मंगलवार हस्ताक्षरित विज्ञप्तिमा कोरोनाका कारण सरकारले लगरेको दुई महिना लामो लकडाउनलाई पूर्णरुपमा सहयोग गरेपनि बजेटमा उद्योगी व्यवसायीहरुको पक्षमा कुनै आवाजसमेत नउठेको बताइएको छ । निजी क्षेत्रले भोग्नुपरेको कठिनाईलाई पूर्णरुपमा बेवास्ता गर्दै अहिलेसम्मको सहनशीलतालाई कमजोरी ठानेर सरकारले लकडाउनको विकल्प नखोजी बारम्बार बढाउँदै गएकोले यसबाट उद्योगी व्यवसायीहरु मारमा परेको उल्लेख छ ।
स्वास्थ्यसम्वन्धी सम्पूर्ण सुरक्षा सावधानी अपनाएर जेठ २१ गते सम्पूर्ण पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ५ घन्टा खोल्ने संघले जनाएको छ । साथै शनिवार सम्पूर्ण पसलहरु बन्द रहने उल्लेख गरिएको छ ।
यसअघि सम्पूर्ण हार्डवेयर पसलहरु शनिवारबाहेक अन्य ६ दिन दैनिक ५ घन्टा खुल्ला गरिएको थियोभने खाद्यान्न पसलहरु सोमवार, बुधवार र शुक्रवार गरी तीन दिनमात्र दुई घन्टा खुला गरिएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap