२६ बैशाख २०८१, बुधबार

उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

समाचार
उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
0 Shares

काठमाडौँ । उपरराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायत देशका विभिन्न भागमा बाढीपहिराका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । उहाँले बाढीपहिराबाट विस्थापितका लागि पर्याप्त राहत सामग्री र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।

उपराष्ट्रपतिले सिन्धुपाल्चोक, कालीकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक जिल्लालगायत स्थानमा बाढीपहिराबाट भएको क्षतिका सन्दर्भमा आज वक्तव्य जारी गरी वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्ले बाढीपहिरो एवं डुबानको सम्भावना औँल्याइरहेकाले सम्बद्ध सबै पक्षलाई उच्च सतर्कता अपनाउन तथा व्यवस्थित पूर्वतयारी गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap