१६ बैशाख २०८१, आईतवार

सुर्खेतमा कोरोना संक्रमित ४ सय नाघे

कर्णाली समाचार
सुर्खेतमा कोरोना संक्रमित ४ सय नाघे
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा आज (बिहीवार) ११ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पुष्टि भएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र रुकुम पश्चिम चौरजहारीको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार पाँच सय ६१ पुगेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

उहाँका अनुसार दैलेखमा १ जना, सुर्खेतमा ५ जना, रुकुम पश्चिममा ४ जना, जाजरकोटमा १ जना थपिएका छन् । नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७८७ पुगेको छभने सुर्खेतमा ४०२ पुगेको छ । त्यसपछि सल्यानमा २००, कालीकोटमा ५०, जुम्लामा ३२, जाजरकोटमा १७, मुगुमा ५, हुम्लामा २, डोल्पामा ३ र रुकुम पश्चिममा १४ जना फेला परेका छन् ।

यसैगरी हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १३२१ पुगेको छ । बिहीवार दुल्लु दैलेख अस्पताल आइसोलेसन सेन्टरबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, रुकुम पश्चिम चौरजहारीबाट ७ जना गरी कूल ३० जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

कूल संक्रमितमध्ये पुरुषको संख्या १४०७ र महिलाको संख्या १५४ जना रहेका छन् ।

यो सहित अहिलेसम्म कूल १३२१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छभने अव सक्रिय संक्रमितको संख्या २३४ जना बाँकी रहेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap