१८ बैशाख २०८१, मंगलवार

जननेता भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक – पूर्वमन्त्री बाँस्कोटा

वागमती समाचार
जननेता भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक – पूर्वमन्त्री बाँस्कोटा
0 Shares

काभ्रेपलाञ्चोक । नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताउनुभएको छ ।

जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृतिसभालाई आज सम्बोधन गर्दै उहाँले जननेता भण्डारीका विचार र सिद्धान्तका योद्धाका रुपमा रहँदै आउनुभएको दाबी गर्नुभयो । उहाँले यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उहाँका सिद्धान्तले आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ ।”

जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रुपान्तरणका योद्धा रहेको उहाँले दोहो¥याउनुभयो । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका उहाँले जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको दाबी गर्नुभयो । “यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मनमनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ”, उहाँले भन्नुभयो ।

आन्दोलनहरु विश्रृङ्खलित हुँदा लेनिन र माक्र्स समेतका सालिक ढलेको स्मरण गर्दै उहाँले जननेताको सालिकलाई जनताको मन–मस्तिष्कको सालिकको संज्ञा दिनुभयो । उहाँले राजनैतिक दौरानमा धेरै योद्धा गुमाएको उल्लेख गर्दै जननेता मार्गदर्शक सिद्धान्तको प्रतिपादकमा स्थापित हुनुभएको बताउनुभयो । “उहाँ सांस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा अनन्त र निरन्तर रुपान्तरकारी विचारक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

उहाँले जननेताको विचार र दृष्टिकोण एउटा सामाजिक, आर्थिक जस्वन पद्धतिका रुपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जननेताको सालिकले उहाँको बहुआयामिक रुप र विचार प्रस्तुत गरिरहने चर्चा गर्दै भन्नुभयो, “ढुङ्गा त बोल्दैन तर जननेताको सालिकले विचार, जीवन्त जीवन र सामाजिक मूल्यमान्यताका पद्धति प्रस्तुत गरिरहेको हुन्छ ।” जननेताको सालिक कुनै सत्ताको बलमा स्थापित कुनै राजा महाराजाको सालिक नभएको बताउँदै नेपालमा परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने योद्धाको सालिक भएको उहाँले बताउनुभयो ।

उहाँले स्वाभाविक रुपमा फरक कोण र शैलीमा चुनौती आउने, भइरहने बताउनुभयो । “हामीलाई स्वाभाविक रुपमा विविध चुनौती आइरहन्छन्, त्यसलाई सामना गरेर अघि बढ्नुपर्दछ, हामीसँग त्यो साहस र सामथ्र्य छ”, उहाँले भन्नुभयो । आफुहरू निरन्तर परिवर्तन र गतिको यात्रामा लागिरहने उहाँको धारणा थियो । उहाँले सभाअघि उद्यानमा रहेको जननेताको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका उहाँले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap