२० बैशाख २०८१, बिहीबार

कर्णालीमा काेराेना सङ्क्रमित ७ सय नाघे

कर्णाली शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा काेराेना सङ्क्रमित ७ सय नाघे
0 Shares

सुर्खेत । कर्णाली प्रदेशमा बुधवार ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ३७ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कूल सङ्क्रमितको संख्या ७०८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले बुधवार दिउँसो २ः५० मा प्रकाशित गरेको सूचना अनुसार थपिएकामा दैलेखका २५ जना छन् । यस्तै जाजरकोटमा तीन र सुर्खेतमा नौ जना थपिएका छन् । थपिएका सँगै दैलेखमा कूल ३८६ जना पुगेको छ । यस्तै जाजरकोट १३२ र सुर्खेतमा १०७ जना पुगेको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सङ्क्रमितहरु सवै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।

मन्त्रालयका अनुसार कालीकोटमा २८, जुम्ला २४, सल्यान् १३८, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक सङ्क्रमित देखिएका छन् । अहिलेसम्म रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छभने २९ जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap