१० बैशाख २०८१, सोमबार

इन्डोनेसियामा डुङ्गा दुर्घटना नौ बेपत्ता

विदेश
इन्डोनेसियामा डुङ्गा दुर्घटना नौ बेपत्ता
0 Shares

मेडान,  इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य पनि कठिन भएको बताइएको छ । सो द्वीपको उत्तरपश्चिम तटीय क्षेत्रमा खराव मौसम र उच्च वेगमा आएको हावाको कारण सो दुर्घटना भएको बताइएको छ । स्थानीय खोजी तथा उद्धार निकायका अधिकारी बेङटेङ टेलाम्बुआनाले उद्धारकार्य प्रभावकारी नभएको एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ ।

यसअघि पनि १६ जना माझी रहेका एक डुङ्गा दुर्घटनामा भएको थियो । नौ जनाको जिवितै उद्धार गरिएको थियो भने सात अझै बेपत्ता रहेका छन् । करिब १७ हजार द्वीपहरु रुहेका यस देशमा यहाँ डुङ्गा नैे एक प्रमुख सवारी सधान भएकोले बारम्बार डुङ्गा दुर्घटना भएको पनि पाइन्छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap