८ श्रावण २०८१, मंगलवार

वैदेशिक रोजगारीले भत्काएको सपना

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार विदेश शिक्षा / स्वास्थ्य
वैदेशिक रोजगारीले भत्काएको सपना
0 Shares

सिर्जना बुढाथोकी ।

 

वीरेन्द्रनगर नगरपालिका– १ की ४५ वर्षीया विन्द्रादेवी परियार सात वर्ष अघि परदेशमा बिताएको जीबन सम्झिँदा अँझै पनि भक्कानिहुन्छ । सामान्य ढंगले चलिरहेको उहाँको जीबन ०७१ साल साउनमा आएको बाढीपछि एकाएक बदलियो ।
बाढीले उहाँको तीन तलाको घर मात्र बगाएन, त्योसँगै उहाँको जीबनको खुसी पनि बग्यो । घर बगाएपछि उहाँ भाडा लिएर बस्न थाल्नुभयो । श्रीमान, दुई छोरी, एक छोरा र सासुका साथ बसेकी परियारले आँट गरेरै सोही ठाउँमा फेरि घर हाल्नुभयो । उहाँले ऋण गरेर घर बनाउनुभयो । पछि साहुले निकै सताउन थालेको भन्दै उहाँले आफ्नो श्रीमानले पनि वास्ता नगरेको दुःखेसो पोख्नुभयो ।


त्यो अवस्थामा परियारले विदेश जाने योजना बनाउनुभयो । विदेश जाने योजना बनाएपनि जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर गर्ने आफ्नो मान्छे भेटाउनुभएन । ‘विदेश जाने योजना त बनाएँ तर मलाई केही भयो भने जिम्मा लिन्छु भनेर हस्ताक्षर गर्ने मान्छे भेटिँन,’ परियारले भन्नुभयो, ‘अनि मैले आमालाई कन्भिन्स गरेँ, म मरेपनि बाँचेपनि अब विदेश जान्छु आमा हस्ताक्षर गरिदिनु भनेँ ।’ बर्दिया (माइती घर) मा रहेकी आमालाई मनाएपछि उहाँ विदेश जाने प्रक्रिया पुरा गर्न२०७३ जेठ महिना उहाँ बर्दियाबाट सुर्खेत आउनुभयो ।
जेठको महिना आमा र छोरा छोरीसँग बिदा मागेर वैदेशिक यात्रा तय गर्नका लागि परियार काठमाडौँ पुग्नुभयो । उहाँ वैदेशिक रोजगारीका लागि दलालमार्फत कुबेत जान तयार हुनुभयो । ‘म काठमाडौँ केही दिन बसेर असारको महिना झापा गएँ,’ उहाँले भन्नुभयो, ‘अनि झापा गएर त्यहाँबाट दिल्ली उडेँ, दिल्लीबाट बहराईन अनि दुबई त्यसपछि कुबेत पुगेँ ।’
विदेश पुग्नासाथ परियार बिरामी पर्नुभयो । केही महिनासम्म पानीबाहेक केही खाइनन् । दुई महिनासम्म बिरामी भएपनि काम भने गर्नुभयो । तर उहाँलाई घर मालिक्नीले बिरामी भएका कारण एजेन्टको अफिसमा लगेर राखीदिइन् । ‘मालिक्नीले मलाई मर्छे कि सोचेर अफिसमा लगेर राखिदिइन्,’ उहाँले भन्नुभयो, ‘अफिस पुगेपछि मलाई धेरै तनाव दिन थाले, एजेन्टहरुले घरबाट तीन÷चार लाख पठाएपछि तँलाई नेपाल पु¥याइदिन्छौँ नत्र इनारमा लगेर फाल्दिन्छम् भन्थे ।’
मैले दुई महिना काम गरेर कमाएको करिब २८ हजार रुपियाँ पनि घर मालिक्नी र एजेन्टले सापट भनी लिएर फिर्ता दिएनन् । ‘नेपालबाट मलाई पठाएका एजेन्ट त सम्पर्कमा नै रहेनन्,’ उहाँले भन्नुभयो, ‘त्यसपछि म भागेर नेपालबाट आएका अरु महिलाको कोठामा गएर बसेँ ।’ त्यही समयमा कुवेतमा रहेको एम्बेसीले भागेर आएका महिला तथा पुरुष कामदारलाई नेपाल फिर्ता पठाउनका लागि खुला गरेको थियो । त्यहाँको कारागारमा १० दिन बसेपछि उहाँ नेपाल सरकारकै सहयोगमा नेपाल फर्किन सफल हुनुभयो । ‘म जस्तो विदेश गएकी थिएँ त्यस्तै फर्किए,’ उहाँले भन्नुभयो, ‘शरीरमा राम्रो कपडा पनि थिएन, रित्तो हात फर्किएँ ।’
गैरकानुनी रुपमा दलालको फन्दामा फसेर ०७३ असारको महिना कुवेत गएकी परियार सोही वर्ष चैतको महिना नेपाल फर्किनुभयो । विदेशबाट कमाएर ल्याएको पैसाले ऋण तिरौँला भन्ने सपना अधुरै रह्यो । अहिले छोराले घर बेचेर ऋण तिरे । श्रीमान पनि तीन महिनाअघि बिते । दुई छोरीहरुको बिहे भइसक्यो । आफूसँग रहेकी सासुलाई पनि प्यारालाइसिस छ । विदेश जानुभन्दा अगाडि लागेको १४÷१५ लाख ऋण मिनाह अझै भइसकेको छैन । विदेशमा पैसाको रुख नै फल्छ होला सोचेर विदेश गएकी परियार अहिले दलालको फन्दामा कोही पनि महिलालाई नफस्न आग्रह गर्नुहुन्छ । ‘अहिले मेरो कमाई पनि केही छैन,’ उहाँ भन्नुहुन्छ, ‘तर मैले विदेश जाने योजना बनाएकी छैन, मेरो छोरा भने विदेश जाने सोचमा छ तर विदेश पठाउनका लागि पैसा छैन ।’
वैदेशिक रोजगारीमा गएका नेपाली महिलालाई कुवेतमा तातोपानी खन्याएर पोलिदिने, तातो तेल शरिरमा हालिदिने, आईरनले पोलिदिने गरेको उहाँले देख्नुभएको छ । यही दुःख देखेर उहाँले अहिले कोही पनि महिलालाई विदेश नजान सुझाव दिनुहुन्छ । विदेश गएका महिलालाई भाषाको समस्या त छँदैन, शारिरीक तथा मानसिक तनावसमेत खेप्नुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको अर्को प्रतिनिधि पात्र हुन्, बसन्ती पन्त कार्की । ०७३ वैशाखमा साउदी अरेबियामा रोजगारीका लागि म्यानपावरमार्फत कानुनी प्रक्रिया पुरा गरेरै जानसभषृ । साउदी जाँदा एक लाख ९० हजार रुपैयाँ खर्च गरेर जानुभएकी कार्कीले अस्पतालमा सफाई गर्ने काम पाउनुभयो । ‘मैले हातले नै पोछा लगाउनुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा काम गरेर एक वर्ष बिताएँ, एक वर्षपछि मेरो श्रीमान बित्नुभयो तर मैले बिदा पाएन ।’
एम्बेसीमा सम्पर्क गरेर भिडियो बनाउन लगाएर कम्पनीले एक वर्षपछि दुई महिनाको छुट्टीमा पठायो । दुई महिनापछि पुनः गएपछि दुई वर्ष पुरा पुगेपछि बुवाको निधन भयो । तीन वर्ष नपुगेको भनेर बिदा नपाएपछि उहाँ तीन वर्ष पुरा गरेर मात्रै नेपाल फर्किनुभयो । रोजगारीका लागि विदेशमा गएका महिलाहरुले निकै दुःख पाएको उहाँले बताउनुभयो । खाडी मुलुकमा महिलाले निकै समस्या खेप्नुपरेको भन्दै उहाँले घरेलु कामदारका लागि जाने महिलालाई शारिरीक शोषणसमेत हुने गरेको जनाउनुभयो ।
कर्णालीमा वैदेशिक रोजगारीका लागि पछिल्लो तीन वर्षमा ४ हजार ५८७ जानका लागि श्रम स्वीकृति लिएको श्रम रोजगार कार्यालय कर्णाली प्रदेशले जनाएको छ । कार्यालयसँग कर्णालीबाट कति महिला रोजगारीका भारत तथा तेस्रो मुलूक जान्छन् भन्ने एकीन तथ्यांक छैन । तर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१ दशमलव नौ प्रतिशतले बढेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap