१५ बैशाख २०८१, शनिबार

तीन पाकिस्तानी आतंककारी मारिएको भारतीय सेनाको भनाई

विदेश
तीन पाकिस्तानी आतंककारी मारिएको भारतीय सेनाको भनाई
0 Shares

रजौरी (जम्मु एण्ड काश्मिर) । पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा ती आतंककारी मारिएका भारतीय सेनाले सोमबार जानकारी दिएको हो ।

भारतीय सेनाले मे २८ देखि सो क्षेत्रमा ठूलो सैन्य संख्याका साथ कारबाही गर्दै आएको छ । सोही कारबाहीकाक्रममा सोमबार शक्तिशाली हतियार बोकि हिँडेका ती आतंककारी मारिएका हुन् । त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap