३२ जेष्ठ २०८२, शनिबार

सुर्खेतमा एटिएस टायलको बजार बढ्दै

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा एटिएस टायलको बजार बढ्दै
0 Shares

सुर्खेत ।

पशुपति सेरामिक्स प्रालिबाट उत्पादित एटिएस टायलको बजार सुर्खेतमा फैलदँै गएको जनाएको छ । भारतीय कम्पनी भएपनि नेपाली कच्चा पदार्थबाट बनेकोले गुणस्तरीय हुनु, २० वर्षसम्मको ग्यारेन्टी र किफायती मूल्य भएकोले सुर्खेतमो यो टायरको बजार फैलदै गएको हो ।
मंगलबार सुर्खेतमा आयोजना गरिएको निर्माणकर्मीसँग अभिमुखिकरण भेलामा सुर्खेतका आधिकरिक बिक्रेताहरुले एटिएस टायल उत्पादन भएको छोटोमा अबधिमा नै यसको बजारीकरणमा राम्रो हुँदै गएको बताए ।

सिमराको विशेष आर्थिक क्षेत्रभित्र रहेको उद्योगले संरचना निर्माण भएर एटिएस ब्रान्डको टायल उत्पादन गरी बिक्री सुरु गरेको हो । नेपालमा पहिलो बहुराष्ट्रिय टायल कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित पशुपति सेरामिक्सले विदेशबाट आयात हुने टायलबाट आत्मनिर्भर हुने लक्ष्य राखिएको कम्पनीका प्रबन्धक सन्नी निमावतले बताउनुभयो । ‘झण्डै २ अर्ब रुपैयाँको लगानीमा सञ्चालित उद्योगमा अहिले हामीले २५० जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं,’ उहाँले भन्नुभयो,‘दुई हजार ५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।’


उहाँका अनुसार कम्पनीले सुरुआती चरणमा भुइँका लागि ४ सय गुणा ४ सय मिमीको पार्किङ टाइल र ६ सय गुणा ६ सय मिमिको सेमिभिट्रिफाइड टायल बजारमा ल्याएको छ । उहाँले यस कम्पनीले नेपाली बजारमा ४० प्रतिशत हिस्सा ओगटेको दावी गर्नुभयो । सबै प्रकार र आकारका टायल उत्पादन गर्न स्पेन, इटाली, चीन र भारतका मेसिनरी प्रयोग गरी छ हजार वर्गमिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखाना स्थापना गरिएको निमावतले बताउनुभयो । उहाँका अनुसार भविष्यमा यहाँ उत्पादित टायलहरु अफ्रिका, बङ्लादेश, अफगानस्थान र श्रीलंका निर्यात गर्ने लक्ष्य राखिएको छ ।


पशुपति केरामिक्स डिलरका सुर्खेतका बिक्रेता कमल गुरुङले विगतका कर्णाली प्रदेशमा भारतलगायतका देशबाट टायल ल्याएर बिक्री गर्ने गरेकोमा अहिले नेपालमा नै उत्पादन हुन थालेपछि एटिएस टायलले बजार बढाउँदै गएको बताउनुभयो । उहाँले निर्माणकर्मीले यस कम्पनीको उत्पादनलाई उपभोक्ता सामु पु¥याउन सहयोगीको भूमिका खेल्न सुझाव दिनुभयो । साथै नेपालमा यसरी बिदेशी लगानी तथा स्वदेशी कच्चा पदार्थको प्रयोग र नेपाली दाजुभाईले उद्योगमा रोजगार पाएको, २० वर्ष ग्यारेन्टी भएकोले नफुट्ने उल्लेख गर्नुभयो ।
यस्तै अर्का विक्रेता ज्ञानेन्द्र विश्वकर्माले पनि एटिएस टायको माग पनि बढ्दै गएको र गुणस्तरीय तथा उपभोक्तामैत्री भएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap