१० बैशाख २०८२, बुधबार

प्रदेश अस्पताललाई प्राज्ञिक संस्थामा स्तरोन्नति गर्न विज्ञ समूहको सुझाव

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
प्रदेश अस्पताललाई प्राज्ञिक संस्थामा स्तरोन्नति गर्न विज्ञ समूहको सुझाव
0 Shares

सुर्खेत ।

सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवदेन प्रदेश सरकारलाई बुझाएको छ । आइतवार समितिका संयोजक बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अध्यक्षतामा गठन गरेको समितिले चार महिनाको अध्ययन र छलफलपछि तयार पारिएको सो प्रतिवेदन मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो ।

प्रतिवेदन बुझाउँदै समितिका संयोजक डा. कोइरालाले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थामा स्तरोन्नति गर्न सकिनेलगायतका पाँच वटा विकल्प दिइएको बताउनुभयो । उहाँले प्रतिवेदनमा कर्णालीको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउन र सुर्खेतस्थित प्रदेश अस्पताललाई स्तरोन्नति गर्न जनशक्ति, संरचना, चुनौती र अवसरहरु समेटर पाँच वटा विकल्पहरु दिइएको जानकारी दिनुभयो । अन्य विकल्पहरु भने उहाँले सार्वजनिक गर्नुभएन ।
उहाँले चार महिनाको अथक परिश्रमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेशका नीतिहरु अवलोकन गरिएको, राय सुझावहरु सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । प्रतिवेदनमा समावेश गरिएका पाँच वटा विकल्पहरु मध्ये प्रदेश सरकारले आफ्नो क्षमता, बजेट अनुसार जुन सहजरुपमा कार्यान्वयन गर्न सक्छ त्यसलाई प्राथमिकता दिन सक्ने उहाँको भनाइ छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई शैक्षिक र प्राज्ञिक संस्थाको रुपमा स्तरोन्नति गरी अध्ययन अध्यापन सकिने सम्भावना बढी भएको उहाँले जनाउनुभयो ।
यता प्रतिवदेन बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले निकै गहन अध्ययन गरेर प्रतिवेदन बुझाइएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै समितिले प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन दिएको विकल्पहरु अध्ययन गरेर सवैलाई अपनत्व हुने गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता उहाँले जनाउनुभयो । अहिले कर्णालीको स्रोत र साधनबाट धेरै सेवा दिनुपरेको भन्दै मुख्यमन्त्री कँडेलले विज्ञहरुले तयार परेको प्रतिवदेनलाई दिगो बनाउने गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।


चार महिना अघि प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि डा. भगवान कोइरालाको संयोजकत्वमा पाँच सदस्य अध्ययन समिति गठन गरेको थियो । समितिमा पाटन एकेडेमीका डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी रहुनभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap