४ चैत्र २०८१, मंगलवार

कर्णाली प्रदेशसभाकाे साताैँ बार्षिकाेत्सव : बिकास र समृद्धिका लागि कर्णालीलाई बढी खर्च गर्न निर्देशन

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णाली प्रदेशसभाकाे साताैँ बार्षिकाेत्सव :  बिकास र समृद्धिका लागि कर्णालीलाई बढी खर्च गर्न निर्देशन
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशसभाको सातौं स्थापना दिवस सोमवार मनाइएको छ । २०७४ साल माघ २१ गते कर्णाली प्रदेश सभाको स्थापना भएको थियो । सोही दिनलाई आधार मानेर माघ २१ गते प्रदेश सभा स्थापना दिवस मनाउने गरिएको छ ।
सो अवसरमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली बजेटको कमीले नभइ खर्च गर्न नसकेर पछि परेकोले आगामी दिनमा बढी खर्च गर्न निर्देशन दिनुभयो । उहाँले विगतमा २०—२५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नसकेकोले आगामी दिनमा जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा कर्मचारीहरुलाई प्राप्त बजेटलाई बढी खर्च गरी विकास र समृद्धि ल्याउन आग्रह गर्नुभयो ।


उहाँले कर्णालीका सवै राजनीतिक दलहरु एकचित्त भएर काम गरेमा आगामी पाँच बर्षभित्र सुखारी कर्णालीमा परिणत हुने उल्लेख गर्नुभयो । माथिल्लो कर्णाली आयोजना, भेरी बबई डाईभर्सन, पेट्रोलियम खानी, स्याउ, सुन्तला र जडिबुटीको क्षेत्रमा मात्रै राम्रो काम गर्न कर्णाली समृद्ध र कर्णालबासी सुखारी हुने दावी उहाँले गर्नुभयो । साथै जनतामाझ गरेर बाचालाई पूरा गर्न समेत उहाँले सुझाव दिनुभयो । प्रदेशबासीले विकास र समृद्धि चाहेकोले त्यसमा दलहरुले समर्पण र त्याग गर्नुपर्ने उहाँको भनाइ छ ।
मुख्यमन्त्री यामलाल कंडेलले प्रदेशसभालाई नीति निर्माणको सार्थक थलो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले यो सात वर्षको अवधिमा अपेक्षा अनुसार काम हुन हुन नसकेपनि केही पनि नभएको भने होइन भनी प्रष्ट्याउनुभयो । उहाँले हिजोका दिनमा स्रोत साधन नहुँदा पनि विकासका काम अघि बढेको र अहिले बजेट विनियोजन हुँदा पनि काम हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले ७० प्रतिशत योजनाहरु पहिलेकै सरकारको बनाएको योनजाहरुमा काम गरिरहेको र आफूहरुले केवल ३० प्रतिशतमात्रै नयाँ योजना बनाएको उहाँले सुनाउनुभयो । प्रदेशसभालाई विगतको तुलनामा थप प्रभावकारी बनाउने सवालमा आफ्नो सरकार थप क्रियाशील रहने प्रतिवद्धतासमेत गर्नुभयो ।
सभामा प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले अहिलेको व्यवस्थालाई कार्यान्वयन गर्न र जनताको आवश्यकता पुरा गर्न सबैमा समपर्णको भाव चाहिएको बताउनुभयो । उहाँले वित्तीय संघीयता, प्रशासनिक संघीयता आउन नसक्दा प्रदेश सरकारले सोचेजति काम गर्न नसकेको औंल्याउँदै आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्न सुझाव दिनुभयो । साथै संविधानको भावना र मर्मको आधारमा सबै दलहरु एकैठाउँमा उभिनुको विकल्पपनि नभएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्कले प्रदेशसभाको सातौँ स्थापना दिवसको अवसरमा समृद्ध कर्णालीका लागि सबै पक्षलाई अग्रसर हुन अपिल गर्नुभयो । उहाँले आगामी दिनमा जनतासँग जोडिएका समस्या सम्बोधन गर्न आवश्यक कानून निर्माणमा गम्भीरताका साथ लाग्ने प्रणपनि गर्नुभयो । उहाँका अनुसार प्रदेश स्थापना भएको सात वर्षमा ६० वटा कानून निर्माण भएका छन् । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ र दोस्रो कार्यकालमा सात वटा सरकार र मातहतका संरचनामा नियमित नभइ नहुने कानून निर्माण भएको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap