२८ माघ २०८१, सोमबार

विपन्न र दलित महिलालाई २२ लाख बढी अनुदान

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
विपन्न र दलित महिलालाई २२ लाख बढी अनुदान
0 Shares

सुर्खेत ।

बिगत चार वर्षको अवधिमा सुर्खेतका दुई पालिकामा विपन्न वर्गलाई आयआर्जन गरी स्वरोजगार बनाउन २२ लाख बढी रकम अनुदान दिइएको छ । दलित महिला संघ सुर्खेतले जिल्लाका बीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका ३८ जना दलित, विपन्न दलित महिलालाई २२ लाख ६० हजार रुपियाँ नगद अनुदान दिएको हो ।


नेपालमा दलित महिला र किशोरीहरुको मानवअधिकार प्रवद्र्धन परियोजनाबाट उनीहरुलाई २०७८ देखि सो रकम बीऊ पुँजी तथा अनुदान रकम दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाहरुले स्थानीय स्तरमा उद्यमी बनी आत्मनिर्भर बन्ने कोशिस गरिरहेका छन् । धेरैजसो रकम कुखुरा पालन, फ्रेस हाउस, घुम्ती पसल, बाख्रा पालनमा लगानी गरिएको छ ।
सुरुमा प्रति व्यक्ति २० हजार, त्यसपछि ४२ हजार अनुदान दिइएको थियोभने त्यसपछि घुम्ती कोषबाट प्रति व्यक्ति २५ हजारका दरले र पछिल्लो समय बीऊ पुँजी भनी प्रतिव्यक्ति ३५ हजार रुपियाँका दरले अनुदान दिइएको दलित महिला संघका सचिव खगिसरा वलीले बताउनुभयो । सो रकम वितरण अघि समूहमा आवद्ध विपन्न महिला छनोट गरी दिइने गरिएको छ । एक व्यक्तिले छ महिनाभित्र आफूले लिइसकेको रकम फिर्ता गरेर अर्को सदस्यलाई दिनुपर्ने हुन्छ । संस्थाबाट लिइएको सो रकम लगानी गरेपछि सदुपयोग भएको छ छैन भनेर बेला बेलामा अनुगमन पनि गर्ने गरिएको सचिव वलीले बताउनुभयो ।
अहिलेसम्म गरिएको लगानी अनुसार धेरैजसोले सदुपयोग गरेको दावी उहाँको छ । थोरै रकम भएपनि त्यसमा थपेर विपन्न महिलाहरुले सानो तिनो उद्यम गरी आफूलाई स्वरोजगार बनाएको उहाँले बताउनुभयो । रकम दिनु अघि संस्थाले उनीहरुलाई उद्यम तालिम, योजनालगायतका सीप प्रदान गर्ने गर्दछ । लगानी नडुबोस् भनेर उद्यमी बन्न सिकाउने, व्यापार योजना बनाउन सिकाउने र त्यसपछि समूहमार्फत रकम दिइ उद्यम बन्न प्रेरित गर्ने गरेको उहाँको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले संघसंस्थाहरुले गरेको लगानीको बेलाबेलामा अनुगमन गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनुपर्ने सुझाव दिनुभयो । उहाँले महिलाहरुले लिएको रकम खेर नजाने भन्दै कुनैपनि सरकारी वा गैरसरकारी संस्थाबाट लिइएको रकम सदुपयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले पनि दलित, विपन्नहरुलाई उद्यम बनाउन विभिन्न कार्यक्रम र बजेट तर्जुमा गरेको जानकारी दिदैं त्यसमार्फत पनि आत्मनिर्भर बनाउन लागिएको उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका—१ की लक्ष्मी विकले घुम्ती पसल गरिरहनुभएको छ । संस्थाबाट पाएको अनुदानले घुम्ती पसल संचालन गरेको र त्यस पुन थप गरी पसल विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । आफूमात्र होइन, आफ्नो समूहमा रहेका अन्य विपन्न महिलाहरुले पनि अनुदानबाट सानोतिनो व्यवसाय गरेकोर बताउँदै उहाँले आफ्नो समुदायमा दुरुपयोग कसैले नगरेको दावी गर्नुभयो ।
यसैविच बुधवार वीरेन्द्रनगर नगरपालिकाका पाँच जना विपन्न महिलालाई बीऊ पुँजी रकम भनी प्रति व्यक्ति ३५ हजारका दरले रकम दिइएको छ । बिहीवार भेरीगंगा नगरपालिकाका पाँच जनालाई सोही बराबरको रकम प्रदान गरिने दलित महिला संघका सचिव खगिसरा वलीले बताउनुभयो । यस रकमबाट उद्यम विकास गरी आयआर्जन गर्न सघाउने उद्देश्यले सो रकम प्रदान गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap