सुर्खेत ।
प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतकाे छाैठाैं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । वीरेन्द्रनगरमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय पंख बहादुर शाही, कमला खड्का भारती, सचिव खिमबहादुर बुढा, सहसचिव अभिषेक सिंह र डिलु विक, कोषाध्यक्ष मालती वि.क.लाइ चयन गरेको हो ।
नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस सेन्टर नेपाल सुर्खेतकाे कार्यसमिति सदस्यहरुमा राेमन गिरी, भगवती शाही, पुस्कर गिरी, मनिषा गाैतम, चरित्र विष्ट, गणेश ठाडा, पवन बुढा, जमुना नेपाली,भिमराज घर्ति र वर्षा परियार निर्बिरोध चयन हुनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति अध्यक्ष टेकेन्द्र विश्वकर्माकाे अध्यक्षतामा भएको सम्मेलनकाे उद्घाटन समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष देवीराम देवकाेटा, नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य पूर्वमन्त्री एवम् कर्णाली प्रदेशसभा सदस्य रनसिंह परियार, पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष पूर्वमन्त्री एवम कर्णाली प्रदेशसभा सदस्य कृष्णबहादुर जि.सी. जिल्ला संयोजक जितबहादुर राना, सङ्गठनका केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्मा केन्द्रीय सचिव गणेशकञ्चन भारती, सुरबहादुर सिंह, संगठनका केन्द्रीय सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज ललित गाहा, केन्द्रीय सदस्य शेरबहादुर थापा, संगठनका प्रदेश महासचिव धर्मराज जि.सी. नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशील शर्मालगायत विभिन्न संगठनका अध्यक्षहरुकाे सहभागिता रहकाे थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष पूर्व अध्यक्ष सहित नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाइ सम्मानसमेत गरिएकाे थियाे ।