३२ जेष्ठ २०८२, शनिबार

फिस्टुला उपचार सेवा प्रदेश अस्पताललाई हस्तान्तरण

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
फिस्टुला उपचार सेवा प्रदेश अस्पताललाई हस्तान्तरण
0 Shares

सुर्खेत ।

विगत १० वर्षदेखि कर्णालीसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रसव फिस्टुलाका (पिसाव चुहिने समस्या भएका महिला) बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिदैं आएको फिस्टुला सेन्टरको सेवा सुर्खेतस्थित प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ । आइतवार सुर्खेतमा एक कार्यक्रम गरी आई एन एफ नेपालले निर्माण गरेको पूर्वाधारसहित आवश्यक उपकरण औजार, जनशक्ति र सेवा सबै प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको हो । अव फिस्टुला सेन्टर र यसको सेवाको सञ्चालन, व्यवस्थापन सवै प्रदेश अस्पतालमार्फत हुनेछ ।

 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थितिमा आईएनएफ नेपालका राष्ट्रिय अध्यक्ष रामचन्द्र तिमोथी, कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारी, फिस्टुला सेवाको नेतृत्वकर्ता डा. शेर्ली हेउडले प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेलाई फिस्टुला सेन्टर हस्तान्तरण गर्नुभएको छ ।
आईएनएफ नेपालले सन् २०१४ मा सुर्खेतमा फिस्टुला उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको थियो । त्यसको दुई वर्षपछि वीरेन्द्रनगर नगरपालिका—४ स्थित प्रदेश अस्पताल परिसरमा १७ शय्याको फिस्टुला उपचार केन्द्र भवन निर्माण गरेको थियो । केन्द्र स्थापना भएदेखि हालसम्म केन्द्रले कर्णाली प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिमका ३१ जिल्लाका ४५९ जना बिरामीहरुको ५६३ वटा शल्यक्रिया गरी नयाँ जीवनदान पाएका छन् । साथै समाजमा लाजका कारण रोग लुकाउन बाध्य फिस्टुलाका बिरामीहरुले उपचार सेवा पाएपछि निको भएका छन् । हालसम्म झण्डै ४० हजार जनालाई फिस्टुला रोगविरुद्धको सचेतना दिइएको साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका प्रवन्धक ललितबहादुर सारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुकाउने रोगबाट परिचित फिस्टुलाका बिरामीहरुले यहाँबाट निःशुल्क सेवा पाएका छन् । आइतवारदेखि फिस्टुला उपचार केन्द्रको भौतिक पूर्वाधारसहित आवश्यक उपकरण औजार र जनशक्ति तथा सेवा प्रदेश अस्पताल मातहतबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।
उपचार केन्द्रको सेवा हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अझैपनि प्रचारप्रसारको अभावले गर्दा फिस्टुलाको भीडा भोगेका महिलाहरु गाउँबस्तीमै रहेको हुँदा प्रदेश सरकारले आगामी वर्ष उनीहरुलाई खोजी गरी उपचारको दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले फिस्टुला उपचार केन्द्रबाट तीन वटा प्रदेशका बिरामीहरुले उपचार गरी नयाँ जीवन पाएकोमा खुसी व्यक्त गर्दै प्रदेश अस्पतालले विगतमा झैं आगामी दिनमा पनि सेवालाई निरन्तरता दिने जानकारी दिनुभयो ।
आईएनएफ नेपालका राष्ट्रिय अध्यक्ष रामचन्द्र तिमोथीले फिस्टुला उपचार केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण सवै प्रदेश अस्पताललाई हस्तान्तरण गरेपनि आईएनएफ नेपालले सहयोगलाई जारी राख्ने बताउनुभयो । प्रदेश अस्पतालको संरक्षकत्वमा फिस्टुला उपचार केन्द्रको काम थप सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले पश्चिम नेपालमा आईएनएफ नेपालले क्षयरोग, कुष्ठरोगका साथै फिस्टुलाका बिरामीहरुको उपचारमा पु¥याएको योगदानप्रति सह्राना व्यक्त गर्नुभयो । उहाँले प्रदेश अस्पतालमातहतमा आएपछि फिस्टुला उपचार केन्द्रको संचालन र व्यवस्थापनमा कुनै कठिनाई आउन नदिने बताउनुभयो । उपचार केन्द्रबाट पिसाव चुहिने समस्या भोगेका महिलाहरुले निकै राम्रो सेवा पाएको उहाँको भनाइ छ ।
पश्चिम नेपालमा फिस्टुलाको उपचार सेवा सुरु गर्ने बेलायती नागरिक डा. शेर्ली हेउडले केन्द्रमा उपचार भएर बिरामी निको भई घर जानेबेलाको खुसीले आपूmले राम्रो काम गरेको महसुस भएको बताउनुभयो । सो अवसरमा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घले, जिल्ला समन्वय समितिका उपप्रमुख सचिव बडुवाललगायतले फिस्टुला उपचार केन्द्रले गरेको कामको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap