२३ कार्तिक २०८१, शुक्रबार

कर्णालीका १३ पालिका अझै विद्युतविहीन

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीका १३ पालिका अझै विद्युतविहीन
0 Shares

सुर्खेत ।

भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युतविहीन रहेका छन् । डोल्पाका ६ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै विद्युत पुग्न सकेको छैन ।


नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार आगामी डेढ वर्ष विद्युत पुग्न नसकेका पालिकाहरुमा पनि विद्युत पु¥याइसक्ने र त्यसपछि कर्णाली पूर्ण विद्युतीकरण प्रदेश बनाउने गरी काम भइरहेको छ । विद्युत पुग्न नसकेको डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्काताङसोक गाउँपालिका, हुम्लाको सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिका रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक शुम्भु कुसियत यादवले कर्णालीका ७९ वटा पालिकामध्ये १३ वटा पालिका अझैपनि विद्युत विहीन भएको बताउनुभयो । केही अन्य पालिकामा विद्युतको प्रसारण लाइन पुगिसकेको जानकारी दिदैं उहाँले लाइन पुगेको पालिकाहरुमा विद्युत सुचारु गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले अवको डेढ वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरण बनाउने तयारी पनि भइरहेको जिकिर गर्नुभयो । टुक्रा टुक्रा पारेर विद्युतको ठेक्का खोलिएको, सर्वे गरिएको, सामानहरु पु¥याउने काम भइरहेको र सामान पुगेका स्थानमा जडानको काम पनि भइरहेकोले अवको डेढ वर्षभित्र कर्णालीका सवै पालिकामा विद्युत पुग्ने दावी उहाँले गर्नुभएको छ । एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआईबी)बाट करिव १२ अर्बको ठेक्का भएको बताउँदै निर्देशक यादवले यो काम डेढवर्षभित्र सम्पन्न भएपछि कर्णाली पूर्ण विद्युतीकरण हुने बताउनुभयो ।
विद्युत नपुगेका स्थानहरुमा लघुजलविद्युत र सोलारबाट उज्यालो उपभोग गर्ने काम भइरहेको छ । कर्णालीमा विद्युतीकरण गर्न निकै चुनौती रहेको प्राधिकरणले जनाएको छ । कठिन भूगोल, सामानको ढुवानी महँगो, सामान तथा उपकरण पु¥याउने सकस, सडक पुग्न नसकेको अवस्था, जनशक्तिको कमी, तराईबाट कामदार लिनुपर्नेजस्ता विविध चुनौतीहरु भोग्नुपरेको उहाँको भनाइ छ । यसका साथै कर्णालीमा वर्ष दिनमा चार÷पाँच महिनामात्र काम गर्ने अवस्था रहने भएकोले सोचेजति काम गर्न नसकिएको यादवले बताउनुभयो । वर्षातमा पानी र हिउँदमा हिउँले गर्दा काम गर्न कठिन हुने उहाँको भनाइ छ ।
७४ प्रतिशत घरधुरी विद्युतीकरण
यसैविच कर्णालीमा ७४ प्रतिशत विद्युतीकरण भएको छ । यहाँको तीन लाख ८० हजार घरधुरीमध्ये दुई लाख ८० हजार घरधुरीमा विद्युतीकरण पुगेको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशनालयका अनुसार सवैभन्दा धेरै विद्युतीकरण रुकुम पश्चिममा भएको छ । त्यहाँ ९४ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत, लघुजलविद्युत र सोलारबाट विद्युतीकरण भएपछिको यो अवस्था भएको निर्देशक यादवले बताउनुभयो । रुकुम पश्चिमपछि प्रदेश राजधानी सुर्खेतमा ८३.३४ प्रतिशत, दैलेख ७९.२९ प्रतिशत र सल्यान ७७.२२ प्रतिशत विद्युतीकरण भएको छ ।
यसैगरी कालीकोट ६९.६१ प्रतिशत, जुम्ला५६.७७ प्रतिशत, जाजरकोट ४४.७८ प्रतिशत, डोल्पा ३९.३२ प्रतिशत, मुगु ३३.१६ प्रतिशत र सवैभन्दा कम हुम्लामा २४.७६ प्रतिशत विद्युतीकरण भएको छ ।
निर्देशक यादवका अनुसार विद्युत प्राधिकरणको विद्युतबाट दुई लाख ७९ हजार ७८ घरधुरी, लघुजलविद्युतबाट ३५ हजार ६९८ घरधरी र सोलारबाट दुई लाख ४४ हजार ३४४ घरधुरी गरी कर्णालीमा तीन लाख ७७ हजार १३३ घरधुरीले विद्युत उपभोग गर्न पाएका छन् । प्राधिकरणको विद्युत नपुगेका स्थानमा स्थानीयस्तरबाट लघुजलविद्युत र सोलारबाट उज्यालो प्राप्त भएको उहाँको भनाइ छ । नेपाल विद्युत प्राधिकरणको विद्युत उपभोगका लागि भने अझै डेढ वर्ष लाग्नेछ । निर्देशक यादवले विद्युतीकरणको कामका गति बढाइएकोले अबको डेढ वर्षभित्र कर्णालीका सवै पालिकामा प्राधिकरणको विद्युत पुग्ने दावी गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap