७ जेष्ठ २०८२, मंगलवार

स्टार पोलिपाइपको सहयात्री भेटघाट कार्यक्रम

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
स्टार पोलिपाइपको सहयात्री भेटघाट कार्यक्रम
0 Shares

सुर्खेत ।

नेपालगन्जस्थित स्टार पोलिपाइप इन्ड्रष्टिज प्रालिद्वारा उत्पादित स्टार पोलिपाइपको सुर्खेतको आधिकारिक विक्रेता वीरेन्द्रनगर नगरपालिका—९ स्थित ओम नम शिवाय हार्डवेयर्सले कम्पनी, विक्रेता र फिल्डमा काम गर्ने प्लम्बरवीच विजया दशमी, दिपावली र छठको शुभकामनासहित सहयात्री भेटघाट कार्यक्रम गरेको छ ।


कम्पनीका विक्री प्रमुख दिनेशराज विष्ट, हार्डवेयर समितिका वरिष्ठ उपाध्यक्ष चेतन भट्टराई, कोषाध्यक्ष दिपक शर्मा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले कम्पनी, विक्रेता र काम गर्ने सहयात्रीवीच समन्वयका साथ काम गर्न सके सवैका लागि उपलव्धीमूलक हुने सुझाव दिनुभयो । ओम नम शिवायका प्रोपोराइटर कल्पना श्रेष्ठले फिल्डमा काम गर्ने सहयात्री र बिक्रेतावीचको समन्वय राम्रो हुनुपर्नेमा जोड दिदैं आगामी दिनमा पनि यसलाई निरन्त जारी राख्न आग्रह गर्नुभयो । सो अवसरमा स्टार पाइप र फिटिङमा उत्कृष्ट काम गरेवापत दिल्लीप्रसाद कोइरालाको आधिकारिक विक्रेताबाट दुई लाखको विमा गराइएको थियो ।
ओम नमो शिवाय हार्डवेयर्सका व्यवस्थापक श्याम थापाले कार्यक्रम संचालन गर्दै पोलिपाइपको गुण, फाइदा र प्रभावका वारेमा सहयात्रीहरुलाई अवगत गराउनुभएको थियोभने भेटघाट कार्यक्रममा १३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap