२१ आश्विन २०८१, सोमबार

शनिवारदेखि महिला जेसीजको ‘जेसीज सप्ताह’

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश शिक्षा / स्वास्थ्य समाचार
शनिवारदेखि महिला जेसीजको ‘जेसीज सप्ताह’
0 Shares

सुर्खेत ।

सुर्खेत महिला जेसीजले आगामी यही असोज ५ गते शनिवारदेखि जेसीज सप्ताह गर्दैछ । विहीवार सुर्खेत महिला जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी असोज १२ गतेसम्म हुने सप्ताहमा विभिन्न सामाजिक कार्यक्रमहरु हुने जानकारी दिएको छ ।


कार्यक्रम अनुसार शनिवार उद्घाटनसँगै तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगिता हुनेछ भने असोज ६ गते आइतवार प्रशान्ति वृद्धाश्रममा भोजन अर्पण कार्यक्रम, ७ गते सोमवार भेरीस्थित आर्यघाट प्रतीक्षालय सरसफाई, ८ गते मंगलवार प्रभावकारी भाषण कला तालिम र ९ गते बुधवार वीरेन्द्रनगर—१४ छेडामा कानुनी साक्षरता कार्यक्रम हुनेछ ।
यस्तै असोज १० गते विहीवार वीरेन्द्रनगर—४ मा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम हुनेछभने असोज ११ शुक्रवार गते होप पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिसँग जेसीजमा आवद्ध सदस्य र उहाँहरुको परिवारलाई उपचार सेवामा सहुलियतको समझदारी सम्झौतामा हस्ताक्षर कार्यक्रम हुने । असोज १२ गते शनिवार समाजमा अग्रणी महिलाहरुलाई सम्मानका साथ पुरस्कार वितरण गरी सप्ताहको समापन गरिने सुर्खेत महिला जेसीज वर्ष २०२४ का अध्यक्ष मीना गुरुङले बताउनुभयो । उहाँले यो अवधिमा देशभरका १७८ वटा जेसीजका शाखाहरुमा सप्ताहव्यापी कार्यक्रम हुने र यसलाई जेसीजकर्मीहरुले भव्यताका साथ मनाउने जानकारी दिनुभयो ।
सुर्खेत महिला जेसीजका संस्थाका अध्यक्ष सिमा चन्दले यसमा आवद्ध भएपछि महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास हुने बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरिने बताउनुभयो । उहाँले विभिन्न रचनात्मक सुझावका आधारमा कार्यक्रमहरु तय गर्दै जाने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सीता भण्डारी, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरु निर्मला सुवेदी पाठक, कृति गुभाजु शाक्य, सप्ताह आयोजक समितिका संयोजक एवं वर्तमान समितिका कार्यकारिणी उपाध्यक्ष लक्ष्मी मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap