सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका—६, सुर्खेतमा सामान्य पसल गरी आफ्नो जीवनयापन गरिरहेका पूर्णप्रसाद पौडेलको परिवार सशस्त्र द्वन्द्वमा विना कारण कसरी विक्षिप्त हुनसक्ला भनेर अनुमान गर्न गाह्रो छ । माओवादीको आरोपमा तत्कालीन शाही नेपाली सेनाले उहाँको परिवारलाई यतिसम्म यातना दियो कि अझैसम्म त्यो यातना बोकि हिंड्नुपरेको छ ।
आपूm र आफ्नो परिवारलाई क्रुर यातना दिनेहरुलाई कडा कारबाही, उपचार गर्न, लुटिएको सम्पत्तिको क्षतिपूर्तिका लागि एक दशक बढीदेखि पौडेल न्याय प्राप्तिको यात्रामा हिंडिरहनुभएको छ । तर पूर्ण न्याय पाउन सक्नुभएको छैन । आफ्नो सर्वश्व गुम्दा पनि उहाँका लागि न्याय पाउने अवस्था अझ कठिन बन्दै ग एको छ । अहिले पौडेल हातमा राष्ट्रिय मानवअधिकार आयोगले दिएको जानकारीपत्र समाउँदै विभिन्न कार्यालयहरु धाइरहनुभएको छ । सशस्त्र द्वन्द्वकालमा आफूसहित आफ्नो सवै परिवारले मानसिक, भौतिक, शारीरिक यातना दिनेहरुलाई कडा कारबाही र आफूहरुले क्षतिपूर्तिसहितको न्याय पाउनका लागि उहाँ विभिन्न निकाय धाइरहनुभएको छ । यति गर्दापनि पौडेलले अझै न्याय पाउन सक्नुभएको छैन । आफ्नो सर्वश्व गुम्दा पनि उहाँका लागि न्याय प्राप्ति झनै कठिन भएको छ ।
२०५८ साल मङ्सिर १४ गते तत्कालीन सेनाले माओवादीको आरोपमा नेपालगन्जबाट पक्राउ गरेर चिसापानी व्यारेकमा यातना दिइ राखेको थियो । साथै २०५८ साल पुस २४ गते श्रीमती खगिसरालाई पनि सेनाले पक्राउ गरी यौन दुव्र्यहार गरेको, दुई छोराहरु सेनाको कुटाइले डिप्रेशनमा पुगी आत्महत्या गरेको, भएको पसल र सम्पत्ति सेनाले लुटेको र छोराहरु बालविवाह गरेर पौडेलको सर्वश्व गुमेको छ । श्रीमतीको उपचारमा लाखौं रकम सकियो । यति पीडा सहँदा पनि उहाँले अझै न्यायका लागि भन्दै लडिरहनुभएको छ ।
२०६० साल जेठ ५ गते उहाँ सेनाको व्यारेकबाट मुक्ति पाउनुभयो । सेनाले परिवारलाई नै निकै यातना दिएको थियो । दुवै छोराहरुलाई सेनाले निर्घात कुटेको थियो । कुटाइबाट उहाँहरुको मानसिक रुपमा विक्षिप्त बन्नुभएको थियो । २०६४ सालमा कान्छा छोरा नारदले आत्महत्या गर्नुभयो । २०७४ सालमा जेठो छोरा राजेन्द्रले पनि नदीमा हाम फालेर आत्महत्या गर्नुभयो । उहाँका दुई छोरीलाई पनि सेनाबाट बचाउन आफन्तहरुले सानै उमेरमा विवाह गराइदिए । यसरी उहाँको परिवारले यातनाको पहाड नै बोक्नुपरेको छ ।
त्यतिमात्र होइन पसल गर्दा र उपचार गर्दा लागेको ऋण बढिरहेको छ । उपचारका लागि घर बैंकमा राखेर ऋण बढेको र तिर्न नसक्दा घर पनि लिलाम हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । श्रीमतीको उपचारमा लाखौं खर्च भइसकेको छ । अझै निको भएको छैन । आफू र आफ्नो परिवारलाई यातना दिने नेपाली सेना भीमकाल गुल्म चिसापानी व्यारेकका तत्कालीन मेजर अजीत थापा, सोही गुल्मका तत्कालीन क्याप्टेन रमेश स्वाँर र सुर्खेतको मंगलगढी व्यारेका तत्लकालीन जमदार रामबहादुर महत दोषी भएको भनी अदालतले कारबाही सिफारिस गर्दा पनि उनीहरुलाई कारबाही नभएको र पीडितहरु न्याय पाउनबाट बञ्चित रहेको राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्रालयलाई क्षतिपूर्ति भराउन आदेश दिँदा पनि अझै न्याय नपाएको भन्दै पौडेले विभिन्न निकायहरुमा धाइरहनुभएको छ ।
यस घटनामा संलग्न सैनिक अधिकृत अजित थापा, रमेश स्वाँर र रामबहादुर महतलाई कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिइसकेको छ । साथै पौडेललाई क्षतिपूर्ति दिन पनि सरकारलाई निर्देशन दिएको छ । पौडेलकी पत्नी खगिसरा हालसम्म पनि उपचार गराइरहनुभएको छ । उहाँलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
वि.स.२०६४ सालमा पौडेलले सुर्खेत जिल्ला प्रहरी कार्यालयमा सम्पत्तिको मुचुल्का गरिदिन र श्रीमतीलाई बलात्कार गरेको भन्दै सेनाका तत्कालीन जमदार रामबहादुर महतविरुद्ध किटानी जाहेरी दिनुभयो । सम्पत्ति जफतको सम्बन्धमा मुचुल्का त भयो, न्याय पाउनुभयो । बलात्कार जाहेरीमा कुनै सुनुवाई नै नभएको उहाँले बताउनुभयो । यसलत्तगै २०६६ सालमा उहाँले पुनरावेदन गर्नुभयो । सम्पत्ति जफतको परिपूर्ति र लडाइँमा घाइते भएको भन्दै उपचार गर्ने फैसला भयो तर यो फैसला अझैसम्म कार्यान्वयन भएको छैन ।
यस्तै २०७१ सालमा उहाँले सर्वोच्चमा मुद्दा दायर गर्नुभयो । त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले परिपूर्ति भनेर तीन लाख र घाइते भएकामा उपचार गर्न दुई लाख सिफारिस गरिदियो । एक दशक भन्दा बढी देखि पौडेलले न्यायका लागि अदालत तथा सरोकारवाला निकाय धाइरहनुभएको छ । सम्पत्ति जफतको परिपूर्ति, दम्पत्तिको उपचार र परिवार नै तहसनहस बनाएको क्षतिपूर्तिका लागि उहाँ दौडिरहनुभएको छ । नाम पूर्ण भएपनि न्याय पाउन आशामा उहाँको यात्रा अझै अपूर्ण बनेको छ ।