२१ आश्विन २०८१, सोमबार

शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी
0 Shares

सुर्खेत ।

सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई नेपाल कमर्शियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको हालै पोखरामा सम्पन्न दोस्रो बैठकले शाक्यलाई सर्वसम्मतरुपमा संघको कर्णाली प्रदेश प्रमुखको समेत जिम्मेवारी दिइएको हो । शाक्य संघको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ ।


बैठकले कालीकोटका प्रेम विश्वकर्मा र सल्यानका टोपबहादुर डाँगीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघका केन्द्रीय अध्यक्ष यामचन्द्र सुव्वाको अध्यक्षतामा भएको बैठकले कमर्शियल आर्टिष्टहरुको व्यवसायिक हकहितमा पक्षमा काम गर्ने योजना बनाएको छ ।

देशभर कमर्शियल आर्टिष्टहरुको संख्या ५० हजार पु¥याउने, काठमाडौंमा मात्रै रहेको ललित कलालाई प्रदेश स्तरमा स्थापना गर्न पहल गर्ने, प्रदेश तहमा आर्ट कक्षाहरु संचालन गर्नेलगायतका योजनाहरु बनाइएको बताइएको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap