१७ बैशाख २०८१, सोमबार

गणेशजल सहकारीको मिसन २०८८

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
गणेशजल सहकारीको मिसन २०८८
0 Shares

सुर्खेत ।

गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले मिसन २०८८ लक्षित गरी आफ्ना गतिविधि संचालनको सुरुवात गरेको छ । संस्थाको शनिवार सम्पन्न १२ औं साधारणसभाबाट मिसन २०८८ लक्षित गतिविधिहरुको सुरुवात भइसकेको जनाइएको छ ।

संस्थाका अध्यक्ष प्रेमकुमार विसीले संस्थाको मिसन २०८८ लाई लक्षित गरी संस्थाका गतिविधिहरु सुरु भइसकेको बताउनुभयो । आठ वर्षको अवधिमा संस्थाको कूल सम्पत्ति, शेयर पुँजी, बचत संकलन, ऋण, कर्मचारी, सदस्यहरुमा भारी बृद्धि गरिने उहाँको भनाइ छ । अहिले कूल सम्पत्ति ३६ करोड ९६ लाख ९३ हजार रहेकोमा २०८८ मा एक अर्ब १६ करोड, ४५ लाख ३४ हजार पु¥याइनेछ । यस्तै शेयर पुँजी अहिले चार करोड ३८ लाख १२ हजार रहेकोमा २०८८ मा १५ करोड ३३ लाख ४५ हजार पु¥याइनेछ । बचत संकलन अहिले १७ करोड १९ लाख २२ हजार रहेकोमा २०८८ मा ८५ करोड ९६ लाख १० हजार पु¥याइने अध्यक्ष विसीले बताउनुभयो ।
यसैगरी अहिले ६ हजार ८२० शेयर सदस्य रहेको संस्थामा रहेकोमा २०८८ मा २० हजार ४६० पु¥याइनेछभने अहिले दुई वटा सेवा केन्द्र रहेकोमा २०८८ मा ५ वटा पु¥याइनेछ । अध्यक्ष विसीले व्यवसायिक र आत्मनिर्भर सदस्य बनाउन, गुणस्तरीय, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न, आधुनिक, दिगो र व्यवस्थित सहकारी बनाउनका लागि संस्थाले मिसन २०८८ को लक्ष्य लिएको जिकिर गर्नुभयो ।
साधारणसभामा संस्थाका सचिव भूपेन्द्र विसीले आर्थिक वर्ष २०७९÷८० को प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको साधारणसभाको उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाको सहकारी शाखा प्रमुख दिपेन सुवेदीले अवका दिनहरुमा सहकारीका शेयर सदस्यहरुलाई सहकारी शिक्षाको प्रमुख आवश्यकता रहेको बताउनुभयो । उहाँले छरिएर रहेको पुँजीलाई एकीकृत गरी सहकारीहरुले उल्लेखनीय काम गरेको हुँदा ऐन नियमभित्र रहेर काम गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका सदस्य चन्द्रा धामी, बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष शान्ति सिंह, जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपाने, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललगायतले शेयर सदस्यहरुको क्रियाशीलताले सहकारी संस्थाहरु बलियो र पारदर्शी हुने सुझाव दिनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap