१३ बैशाख २०८१, बिहीबार

एचआईभी संक्रमितहरुको उपचार लक्षित परियोजना लागू

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
एचआईभी संक्रमितहरुको उपचार लक्षित परियोजना लागू
0 Shares

सुर्खेत ।

एचआइृभी संक्रमितहरुको उपचार लक्षित परियोजना लागू भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनले पाँच वर्षे सो परियोजना लागू गरेको हो ।


परियोजनाबाट संक्रमितहरुको उपचार गर्नेलगायतका कामहरु गरिनेछ । परियोजना संयोजक संजय पौडेलले यो अवधिम ४० हजार कण्डम वितरण गरिने, ९७ जना नयाँ संक्रमितहरु पत्ता लगाउने, चार हजार ३५० जनाको एचआईभी परीक्षण गरिने, ४०८ जनालाई सेवा पहुँचमा ल्याउने, ४०८ जनालाई परामर्श दिइनेकाम गरिने जानकारी दिनुभयो ।
यसका साथै ९१२ जना सेवा लिन आउनेलाई यातायात सुविधा दिइने, संक्रमितहरुले औषधि खाने तथा उपचार गर्ने केन्द्र एआरटी सेन्टरलाई मानवीय सहयोग गर्ने कामपनि यो परियोजनाबाट हुने उहाँले बताउनुभयो । बुधवार परियोजनाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी कार्यक्रमवारे जानकारी समेत गराएको छ ।
सो अवसरमा प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले परियोजनाबाट एचआईभी संक्रमितहरुले बढी भन्दा बढी लाभ लिनसक्ने बताउनुभयो । नयाँ संक्रमतिहरु पत्ता लगाउने, उपचार गर्नेलगायतका काममा परियोजना बढी केन्द्रीत भएकोले उद्देश्य अनुसार काम गर्न उहाँले सुझाव दिनुभयो ।
नवकिरण प्लसका देवेन्द्र पाठकले संक्रमितहरुका लागि प्रदेश अस्पतालका साथै अव पश्चिम सुर्खेतको सालकोटमा पनि एआरटी केन्द्र बनाउने तयारी भइरहेकोले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले थोरै यातायात शुल्कको अभावमा उपचारमा आउन नसकेका संक्रमितहरुका लागि पनि यो कार्यक्रमले सहयोग गर्ने भएपछि संख्यामा बृद्धि हुने उल्लेख गर्नुभयो ।
संक्रमितहरुको स्वास्थ्य उपचारमा धेरै कार्यक्रमहरु भएपछि शिक्षा, रोजगारी र पोषणको क्षेत्रमा काम गर्न उहाँले आग्रह गर्नुभएको छ । प्रदेश अस्पतालमा कार्यरत सविता गिरीले प्रदेश अस्पतालमा विगतको तुलनामा अहिले एचआईभी संक्रमितहरुलाई भेदभाव र लाञ्छनारहित उपचार भइरहेको बताउनुभयो । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले संक्रमितहरुको उपचारका साथै आश्रित परिवारको जीवनयापन र शिक्षामा पनि सहयोग आवश्यक रहेको जनाउनुभयो । पाँच वर्षे परियोजनाको कूल बजेट एक करोड १६ लाख रहेको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap