१२ बैशाख २०८१, बुधबार

नमूना बाल संसदमा बालअधिकारको आवाज

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
नमूना बाल संसदमा बालअधिकारको आवाज
0 Shares

सुर्खेत ।

संसदीय व्यवस्थालाई जानकारी दिने उघेश्यले कर्णाली प्रदेशमा बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ । यृुरोपियन युनियनको सहयोगमा संघीय बाल संसद् कार्यक्रम अन्तगर्त संघीय संसद् सचिवालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रममा गरिएको हो ।

कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका छन् । उनीहरुले सदनमा कर्णालीमा रहेको बालबिहाह, कुप्रथा, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकार लगायतका विषयमा आ—आफ्ना धारणा तथा प्रश्नहरू राखेका छन् । सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो ।
बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका कुरा सिकाउनु भएको थियो । संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा.भोजराज पाण्डेको भनाइ छ ।
उहाँले नमूना बालबालिका संसदीय अभ्यास अत्यन्तै उपलब्धिमूलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण कार्यक्रम भएको जनाउनुभयो । चार दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद् सचिवालयका उपसचिव बबिता मिश्रले बताउनुभयो ।
उहाँले कर्णालीबाट शुरु भएको नमूना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गरिनेछ । नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अमर थापा विनिता कठायत लगायत कर्णाली प्रदेशका सासंदहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap