१६ चैत्र २०८०, शुक्रबार

दलित महिलालाई कानुनी साक्षरता

कर्णाली प्रदेश समाचार
दलित महिलालाई कानुनी साक्षरता
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दलित महिलालाई कानुनी साक्षरता दिएको छ । नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तरक्रिया संघद्वारा गठन गरिएका समूहका सदस्य, सामूहिक कार्यगत संजालका सदस्य र अगुवा दलित महिला अभियन्तालाई कानुनी साक्षरता दिइएको हो ।


तालिममा न्यायको अवधारणा, कानुनी अधिकार, नेपालको कानुन, मानवअधिकार संरक्षण, दलित महिलाको अधिकार, मुलुकी ऐन, अपराधा संहिता, कानुनी प्रक्रिया, कानुन र न्यायवीचको सम्बन्ध, स्थानीय न्यायिक समिति र अन्य कानुनी संयन्त्र तथा दलित महिला र अन्यायमा पारिएका महिलाहरुलाई सहयोगलगायत विविध पक्षका वारेमा जानकारी गराइने परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो ।
कानुनी उपचारका लागि आवश्यक विधि, सामग्री र मानवअधिकार संयन्त्रको प्रयोगमार्फत दलित र अन्यायमा पारिएका महिलाहरुको समानता र न्यायमा पहुँच प्राप्त गर्न तालिमले सहजीकरण गर्ने उहाँको भनाइ छ ।
दलित महिला संघका अध्यक्ष मन्जु सुनारले कानुनी साक्षरतले तालिममा सहभागी महिलाहरुलाई कानुनी ज्ञानवारे प्रशक्षिण प्राप्त हुने र आफ्नो समुदायमा अगुवाई गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । दुई दिनसम्म संचालन हुने तालिमको सहजीकरण सीता वलीले गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap