१६ चैत्र २०८०, शुक्रबार

सशस्त्र प्रहरी महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस ः कठिन परिस्थितिमा महत्वपूर्ण जिम्मेवारी बहन गर्न सफल

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सशस्त्र प्रहरी महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस ः कठिन परिस्थितिमा महत्वपूर्ण जिम्मेवारी बहन गर्न सफल
0 Shares

सुर्खेत ।

सशस्त्र प्रहरी बल नं ६ महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस मनाइएको छ । सशस्त्र प्रहरी वन नेपाल, नं ६ महेश्वरी बाहिनी मुख्यालय बाँगेसिमल सुर्खेतले मुख्यालय परिसरमा विहीवार एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।


सो अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रदीपकुमार पालले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताउनुभयो । उहाँले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाउनुभयो ।


विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरी वलको माग देशभर भइरहेको उहाँको भनाइ छ । यसका साथै सशस्त्र प्रहरीको भूमिकाले राजश्वमा समेत योगदान बढेको डिआईजी पालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले विपद, सीमा रक्षालगायतमा सशस्त्र प्रहरी वलको भूमिका उल्लेखनीय भएको चर्चा गर्नुभयो । उहाँले कठिन परिस्थतिमा स्थापना भएको सशस्त्र प्रहरी वलले हरेक कठिन अवस्थालाई सहजतालाई बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व कर्मचारी डिलबहादुर खड्काले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं आगामी दिनमा थप कर्मशील र इमान्दार बन्न सुझाव दिनुभयो ।
सो अवसरमा बाहिनीमा संचालित तालिममा सर्वोत्कृष्ट घोषित सशस्त्र प्रहरी बरिष्ठ हवल्दार यज्ञबहादुर कुमाई, रक्तकाली मन्दिरका संरक्षक ऋषिप्रसाद थानीलाई सम्मान गरिएको थियोभने स्थापना दिवसका अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap