१३ चैत्र २०७९, सोमबार

दलित महिलालाई कानुनी हकवारे जानकारी

कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिलालाई कानुनी हकवारे जानकारी
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले मंगलवार भेरीगंगा नगरपालिकाका दलित महिलालाई कानुन हक अधिकारवारे जानकारी गराएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघले भेरीगंगामा पालिका स्तरीय दलित महिलाको कानुनी हक अधिकार एवं न्यायमा पहुँच वारे जानकारी गराइएको हो ।


करिव २५ जना दलित महिलाहरुको सहभागिता रहेको कार्यक्रममा पछाडि पारिएका दलित महिलाहरुलाई कानुनी अधिकारवारे सचेत गराइनुका साथै न्यायमा पहुँच बढाउने वारे पनि जानकारी गराइएको थियो । दलित महिलालाई सवै क्षेत्रमा अगाडि बढाउनुपर्ने र न्यायमा पछाडि रहेका उनीहरुको पहुँच बढाउनुपर्ने साझा अवाज कार्यक्रममा उठाइएको थियो । संघका कार्यक्रम संयोजक खगिसरा वलीले दलित महिलाहरुको न्यायमा पहुँच कसरी बढाउन सकिन्छ भन्ने वारे प्रस्तुति दिनुभएको थियोभने कार्यक्रमको सहजीकरण संघका सदस्य चम्पा विकले गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap