१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशको आफ्नै स्वास्थ्य प्रयाेगशाला

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णाली प्रदेशको आफ्नै स्वास्थ्य प्रयाेगशाला
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएपछि सहज हुने भएको छ । शुक्रवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनसमेत गर्नुभयो ।


सो क्रममा मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताउनुभयो । उहाँले प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै उहाँले प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकसित गर्न लागिने जानकारी दिनुभयो ।
प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताउनुभयो । उहाँले अव अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार अव रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।
प्रयोगशालामा नौ जना प्राविधिकहरुको दरवन्दी भएपनि हाल तीन जना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताउनुभयो । उहाँले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गर्नुभयो । दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताउनुभयो । सो प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाव, खकारलगायतको परीक्षण हुने जनाइएको छ । सो अवसरमा निवर्तमान मन्त्री यज्ञबहादुर वुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने जनाउनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap