१६ चैत्र २०८०, शुक्रबार

सुर्खेतका विद्यालयहरुमा बुक बस

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतका विद्यालयहरुमा बुक बस
0 Shares

सुर्खेत ।

सुर्खेतका निजी तथा सामुदायिक विद्यालयमा घुम्ती पुस्तकालय संचालन गरिएको छ । अमेरिकी दूतावासको सहयोगमा सहित सतोरी सेन्टर फर द आर्ट्सले गत माघ २९ गतेदेखि सुर्खेतमा घुम्ती पुस्तकालय बुक बस संचालन गरेको हो । यो पुस्तकालय यही पागुन १२ गतेसम्म संचालन हुनेछ ।


कार्यक्रमका संचार व्यवस्थापक सची मुल्मीका अनुसार हालसम्म यहाँका पाँच वटा विद्यालयमा घुम्ती पुस्तकालय संचालन भइरहेको छ । श्रीकृष्ण संस्कृत तथा साधार मावि इत्राम, एसओएस हर्मन माइनर विद्यालय कालागाउँ, कोपिला भ्याली स्कुलमा दुई÷दुई दिन घुम्ती पुस्तकाल चलाईको जानकारी उहाँले दिनुभयो । सो अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक, र कलात्मक कार्यक्रमहरुको पनि आयोजना गरिएको छ । विद्यालयमा नागरिक अधिकार, स्वतन्त्रता, विज्ञान र प्रविधिबारे विविध कार्यशालाहरु तथा किताब पठनपाठनका कार्यक्रमपनि आयोजना गरिएकाे छ ।

साथै सोही अवसरमा कर्णाली आर्ट्स सेन्टरद्वारा निर्मित नाटक अन्तर पनि विभिन्न विद्यालयमा मञ्चन गरिनेछ । कवि तथा वोर्ड वारियर्सका सह–संस्थापक युक्ता बज्राचार्यले महिलाहरुको लागि दुई–दिने कविता कार्यशाला पनि आयोजना हुने बताउनुभयो । इत्राम मावि, एसएओएस र कोपिला भ्याली स्कुलमा कार्यक्रम भइसकेको छभने प्रज्ञा पाठशालामा पनि हुने तयारीमा छ । घुम्ती पुस्तकालयमार्फत बुक
बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गराउन, सिर्जनात्मक सोचाइ तथा आलोचनात्मक सोचको विकास गर्ने र विद्यार्थीहरुलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्ने संचार व्यवस्थापक सची मुल्मीले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap