१३ बैशाख २०८१, बिहीबार

पाठेघरको मुखको क्यान्सर जाँच परीक्षण

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश शिक्षा / स्वास्थ्य समाचार
पाठेघरको मुखको क्यान्सर जाँच परीक्षण
0 Shares

सुर्खेत ।
नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको आयोजनामा महिलाको लागि पाठेघरको मुखको निःशुल्क क्यान्सर जाँच परीक्षण शनिवार सम्पन्न भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर नगर अस्पताल, ६ नं वडा कार्याल्य, जनस्वास्थ्य सेवा कार्यालय, स्वास्थ्य सेवा निर्देशनालय र दिगो एकता महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को सहकार्यमा निःशुल्क क्यान्सर जाँच भएको हो ।


वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख निलकण्ठ खनालले पाठेघरको मुखको निःशुल्क क्यान्सर जाँचबाट महिलाहरुले बढी लाभ लिन आग्रह गर्नुभयो । यस कार्यक्रमबाट महिलाहरुले आफ्नो पाठेघरको मुखको अवस्थावारे जानकारी पाउने भएकोले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उहाँले जनाउनुभयो ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष मोतिप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा ६ नं. वडाअध्यक्ष जनकबहादुर रावल, जनस्वास्थ्य कार्यालयका अमर रानालगायतले महिलाका लागि उत्कृष्ट कार्यक्रम संचालन भएको बताउनुभयो । सो अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उपाध्यक्ष नारायण कोइराला, वीरेन्द्रनगर नगर स्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीलगायतको उपस्थिति थियो । अध्यक्ष कँडेलले संस्थाको पहलबाट अहिले क्यान्सर रोगविरुद्धको सचेतना तथा परीक्षणका कामहरुले निरन्तरता पाइरहेको बताउनुभयो ।
यसैवीच सो परीक्षणमा २१० जना महिलाहरुको स्वास्थ्य जाँच भएको थियो । १५२ जनालाई औषधि वितरण र दुई जना क्यान्सर रोगबाट प्रभावित फेला परेका थिए । साथै १७१ जनाको मधुमेह तथा २१९ जनाको उच्च रक्तचाप तथा तौल उचाई जाँच गरिएको जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap