११ बैशाख २०८१, मंगलवार

एसओएसमा खेलकुद महोत्सव

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश शिक्षा / स्वास्थ्य समाचार
एसओएसमा खेलकुद महोत्सव
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर—४ स्थित एसओएस हर्मन माइनर विद्यालयले तीन दिने खेलकुद महोत्सव सुरु गरेको छ । मंगलवार एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले महोत्सवको उद्घाटन गर्नुभयो ।


सो अवसरमा उहाँले विद्यार्थीहरुलाई शिक्षाका साथै खेलकुदमा पनि सक्रिय बनाइ राष्ट्रिय योगदानमा सहयोग गर्न सकिने बताउनुभयो । उहाँले विद्यालयमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरु पनि अहिलेको समयमा अनिवार्य भएको जनाउनुभयो । खेलकुदले पढाईसँगै सामूहिकता, अनुशासनको पनि विकास गराउने उहाँको भनाइ छ । साथै यस्तै विद्यालयस्तरीय खेलकुद महोत्सवबाट जिल्ला, प्रदेश र राष्ट्रिय प्रतिभाको पहिचान हुने निर्देशक घिमिरेले बताउनुभयो ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई खेलकुदका माध्यमबाट पनि पहिचान बनाउन सकिने उल्लेख गर्नुभयो ।
एसओएस हमर्न माइनरका प्रिन्सिपल हरिहर बस्नेतले विद्यालयले खेलकुद कार्यक्रमलाई वर्षेनी निरन्तरता दिइरहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ललित बसेलले पढाईसँगै खेलकुदलाई सँगसँगै लैजान सुझाव दिनुभयो । खेलकुद महोत्सव विहीवारसम्म संचालन हुनेछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap