१३ बैशाख २०८१, बिहीबार

सानो राहत, ठूलो उपलव्धी

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सानो राहत, ठूलो उपलव्धी
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका—२ बाँगेसिमलकी ४३ वर्षीया नन्दा कामीले टनेलभित्र तरकारी खेती गरेर आफ्नो दैनिक गर्जो टारिरहनुभएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाले दिन साना साना राहतबाट उहाँका लागि दैनिक ठूलो मानिने गर्जो टार्न सक्नुभएको हो ।


कृषि निर्देशनालयले गराइदिएको टनेलभित्र उहाँले तरकारी उत्पादनका साथै बेर्नासमेत विक्री गर्नुभएको छ । दलित महिला संघ सुर्खेतले उपलव्ध गराएको २० हजार निव्र्याजे अनुदान राहतबाट उहाँले केही अघि मात्रै करिव २५ हजार रुपियाँ वेर्ना विक्री गरेर आम्दानी गर्नुभयो । उहाँको टनेलभित्र सिमी, काँक्रा, टमाटर, प्याजका बेर्ना तथा तरकारी उत्पादन भएको छ ।
दलित महिला संघले गठन गरेको सिर्जनाटोल समूहको बैठकबाट नन्दालाई संस्थाले उपलव्ध गराउने २० हजार अनुदान दिने निर्णय गरेको थियो । एकल महिला भएको र व्यवसाय गर्नसक्ने योजना पनि भएकोले उक्त २० हजारबाट सानै भएपनि सदुपयोग गरी आयआर्जन गर्न सक्ने ठानेर आफूलाई उक्त अनुदान दिइएको उहाँले बताउनुभयो । सो अनुदान उहाँले संस्थालाई फिर्ता गर्नुपर्दैन । तर एक वर्षपछि सो रकम समूहलाइ फिर्ता गर्नुपर्दछ । विना व्याज सो रकम कुनै काममा प्रयोग गर्नुपर्दछ ।
यसैगरी वीरेन्द्रनगर नगरपालिका ११ का रुपा विकले पनि दलित महिला संघले उपलव्ध गराएको २० हजार अनुदानबाट गाउँमै घुम्ती पसल संचालन गर्नुभएको छ । घुम्ती पसलबाट उहाँले पनि दैनिक समस्या टार्दै आउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका—१ का शर्मिला नेपाली पनि टेलर व्यवसायमा संलग्न हुनुन्छ । सीप सिकेर आफूलाई आयआर्जनमा लगाउनुभएको छ ।
यस वर्षमात्रै संस्थाले १० जना दलित र विपन्न महिलालाई २० हजारका दरले अनुदान राहत उपलव्ध गराएको छ । सो रकम उनीहरुले तरकारी खेती, बाख्रा पालन, घुम्ती पसल, नास्ता पसल, टेलर व्यवसायमा सदुपयोग गरेका छन् । दलित महिला संघद्वारा संचालित दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकामा गठन गरिएका समूहबाट विपन्न महिलालाई छनौट गरेर सो अनुदान दिइएको हो । परियोजना संयोजक खगिसरा वलीले यस वर्ष वीरेन्द्रनगरका पाँच जना र भेरीगंगाका पाँच जना गरी १० जना अति विपन्न दलित महिलालाई उक्त अनुदान उपलव्ध गराइ आयआर्जनमा संलग्न गराइएको बताउनुभयो ।
आउने वर्ष पनि १० जनालाई अनुदान दिइने कार्यक्रम रहेको छ । संयोजक वलीले रकम सानो भएपनि त्यसबाट विपन्न दलित महिलाले ठूलो उपलव्धीका रुपमा लिएको जनाउनुभयो । उक्त रकम संस्थालाई फिर्ता गर्नु नपर्ने तर समूहलाई फिर्ता गरी फेरि अर्को व्यक्तिलाई लगानी गर्न दिनुपर्ने व्यवस्था गराइएको उहाँको भनाइ छ । रकम सदुपयोगवारे बेला बेलामा अनुगमन गरिरहेको भन्दै उहाँले १० जनाले उक्त रकम सदुपयोग गरेको पाइएको जानकारी संयोजक वलीले दिनुभयो । अनुदान रकम दिनु अघि संस्थाले दलित महिलालाई व्यवसायी सीप योजनाको पनि तालिम दिने गरेको छ । सो तालिममा व्यवसाय गर्ने योजना, उपाय र तरिकावारे सिकाइन्छ । त्यही सीपको आधारमा रकम दिएर आयआर्जनमा संलग्न गराई दलित महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको संयोजक वलीले बताउनुभयो । संस्थाले उक्त परियोजनाबाट वीरेन्द्रनगर र भेरीगंगामा १०÷१० वटा समूह गठन गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap