४ बैशाख २०८१, मंगलवार

घरेलु हिंसा, बालविवाहविरुद्ध बहस

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
घरेलु हिंसा, बालविवाहविरुद्ध बहस
0 Shares

सुर्खेत

दलित महिला संघ सुर्खेतद्वारा संचालित दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट गठन भएको सामूहिक कार्यगत संजालको बैठक शुक्रवार बसेको छ । वीरेन्द्रनगर नगरपालिका—१ मा संजालको बैठक बसेको हो ।


बैठकको सहजीकरण गर्दै जिल्ला परियोजना संयोजक खगिसरा वलीले बैठकमा घरेलु हिंसा, बालविवाह र लागूऔषध सेवन तथा कारोबारको समस्यावारे बहस भएको बताउनुभयो । उहाँले समाजमा यी समस्या रहेकोले समुदाय, वडा तथा स्थानीय सरकार र प्रहरीले न्यूनीकरणमा कदम चाल्नुपर्ने सुझाव दिइएको जनाउनुभयो ।
संजालको बैठक ३÷३ महिनामा बसी समुदायमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि गर्ने प्रयासवारे छलफल हुने गर्दछ । परियोजना लागू भएको वीरेन्द्रनगरमा तीन वटा र भेरीगंगा नगरपालिकामा दुई वटा संजाल गठन भएको छ । संजालमा स्थानीय शिक्षक, समाजका अगुवा, टोल विकास संस्था, मेलमिलापकर्तालगायतको सहभागिता हुने गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap