४ बैशाख २०८१, मंगलवार

लेकबेसी नगरपालिकामा ३८४ किमी नयाँ सडकको ट्रयाक

कर्णाली प्रदेश मुख्य समाचार समाचार
लेकबेसी नगरपालिकामा ३८४ किमी नयाँ सडकको ट्रयाक
0 Shares

सुर्खेत ।
पूर्वी सुर्खेतको लेकबेसी नगरपालिकाले करिव चार वर्षको अवधिमा नगरपालिकाभर ३८४ किमी नयाँ सडक निर्माण गरेको छ । नगरपालिका स्थापना भएदेखि हालसम्मको अवधिमा नगरका १० वटै वडामा ३८४ किमी नयाँ सडकको ट्र्याक खोलिएको हो ।


नगरपालिको हालसम्मको अवस्थावारे पत्रकार सम्मेलनमा जानकारी दिदैं नयाँ सडकबाट नगरबासीहरुमा यातायातको पहुँच पुगेको र जीवनस्तरमा समेत परिवर्तन आएको दावी गरेको छ । नगरपालिकाका कार्यवाहक नगरप्रमुख शान्ति छन्तेलले नगरपालिकाको सीमित बजेटबाट वडामात्र होइन टोल बस्तीमा समेत सडक पु¥याउन सफल भएको बताउनुभयो । उहाँले नयाँ सडक निर्माणका साथै निर्माण भइसकेका सडकहरुको स्तरोन्नतिको काम पनि यो अवधिमा प्रशस्त भएको जिकिर गर्नुभयो ।
यसैगरी नगरका सवै वडा कार्यालयहरुको आफ्नै भवन बनाउन सफल भएको, सवै वडाका गरी चार हजार १२२ जना बेरोजगारहरुलाई रोजगार कार्यक्रममा आवद्ध गराएको, नगर अस्पतालका लागि १२ करोड ४२ लाखको ठेक्का भइ निर्माण कार्य जारी रहेको, नगरभित्रका १८ हजार ३९२ जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सफल भएको दावी गरिएको छ ।
यस्तै ४५० जना छोरीहरुको छोरी बचत खाता खोलिएको, चार वटा झोलुंगे पुल निर्माण गरिएको, नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा आवश्यक दरवन्दी पदपूर्ति गरिएको र विद्यालयहरुको स्तरोन्नति गर्ने काम पनि गर्न सफल भएको कार्यवाहक नगर प्रमुख छन्तेलले बताउनुभयो । यस्तै नगरपालिकाले हालसम्म ३६ वटा ऐन, नियमावली र कार्यविधि निर्माण गरिसकेको छ ।
यातायात, शिक्षा, स्वास्थय, कृषि, पर्यटन, विद्युत र संचार नगरपालिकाको प्राथमिकता भएपनि प्रदेश सरकारबाट उल्लेख्य सहयोग पाउन नसकेको गुनासो उहाँले गर्नुभयो । बरु संघ सरकारले नगरपालिकाभित्र विभिन्न योजनाहरु पारेको बताउँदै उहाँले प्रदेश सरकारले प्राथमिकताभन्दा बाहिरका योजनाहरु दिने गर्दा कार्यान्वयनमा समस्या आउने गरेको उल्लेख गर्नुभयो ।
सो नगरपालिकाका विशेषगरी चिँगाड खोला, झुप्रा खोला, गमखोलालगायतका खोलाहरु छन् । नगरपालिकाको वार्षिक आन्तरिक आय एक करोड ५० लाख मात्रै छ । यस आर्थिक वर्षमा नगरपालिकाको कूल बजेट ६८ करोड छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap