१६ चैत्र २०८०, शुक्रबार

सुर्खेतमा क्षेत्रीय सभापतिमा देउवा पक्षको विद्रोही उम्मेद्वार

कर्णाली मुख्य समाचार समाचार
सुर्खेतमा क्षेत्रीय सभापतिमा देउवा पक्षको विद्रोही उम्मेद्वार
0 Shares

सुर्खेत, ६ मंसिर ।
सुर्खेत क्षेत्र नं. २ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय सभापतिका संस्थापन (शेरबहादुर देउवा) समूह फुटेपछि तीन जनाको उम्मेद्वारी परेको हो ।
संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट ललित भट्टराईले सभापतिका लागि उम्मेद्वारी दिएका छन् । देउवा समूहबाट भने सभापतिका लागि दुई जनाको उम्मेद्वारी परेको छ । देउवा समूहबाट सभापतिका लागि लालविर भण्डारीले उम्मेद्वारी दिएका छन् ।

देउवा समूहबाटै इन्द्र रावलले पनि सभापतिमा उम्मेद्वारी दिएका छन् । उनले देउवा समूहबाट विद्रोह गर्दै सभापतिमा उम्मेद्वारी दिएका हुन् । क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधिको लागि आज (मंगलबार) बाविया चौरमा निर्वाचन हुँदैछ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap