८ बैशाख २०८१, शनिबार

विपन्न दलितलाई स्वास्थ्य सामग्री

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
विपन्न दलितलाई स्वास्थ्य सामग्री
0 Shares

सुर्खेत ।
दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ र २ का विपन्न दलितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा विपन्न दलितलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।


शनिवार वीरेन्द्रनगर—१ मा स्वास्थ्य सामग्री वितरण गर्दै दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले स्वास्थ्य सामग्रीले सरसफाईमा सघाउ पुग्ने बताइन् । उनले सरसफाई नहुँदा विभिन्न रोगको संक्रमण बढ्ने भएकोले नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको उल्लेख गरिन् । उनले विपन्न दलितहरुको स्वास्थ्य तथा सरसफाईमा बढी जोड दिन पनि सहयोग गरिएको बताइन् ।
प्रति व्यक्तिलाई एक प्याकेट मास्क र छ वटा साबुन वितरण गरिएको छ । दलित महिला संघका सचिव खगिसरा वलीले नगरभित्रका एक सय विपन्न दलितलाई स्वास्थ्य सामग्री दिइने जनाइन् । संघले यसअघि संघले गठन गरेको समूहमा आवद्ध सदस्यहरुलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गरेको थियो । यसपटक समूहभन्दा बाहिरका विपन्न दलितलाई स्वास्थ्य सामग्री वितरण गरिएको सचिव वलीले जानकारी दिइन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap